Monday, September 28, 2026
Home समाज एनएसएल टोली काठमाडौं रेजर्सको उत्साह बढाउँदै महानायक राजेश हमाल

एनएसएल टोली काठमाडौं रेजर्सको उत्साह बढाउँदै महानायक राजेश हमाल

64

काठमाडौं : नेपाली चलचित्रका महानायक राजेश हमालले एक समर्पित प्रशंसकको रुपमा होटल हिमालयमा पुगेर काठमाडौं रेजर्स फुटबल टोलीसँग भेटघाट गरी आगामी चुनौतीहरुको सामना गर्नका लागि खेलाडीहरुलाई उत्प्रेरित गरेका छन्। टिम भेटघाटमा राजेश हमालको उपस्थितिले स्टारडमको स्पर्श मात्र थपेन बरू काठमाडौं रेजर्सको लागि उनको तर्फबाट वास्तविक जोश र समर्थन पनि प्रदान गरेको थियो।भ्रमण केवल एक सेलिब्रेटीको उपस्थितिभन्दा बढी खेलाडीहरूसँग परिचित हुने, उनीहरूका आकांक्षा बुझ्ने र खेलकुद मार्फत् नयाँ उचाइहरू प्राप्त गर्न उनीहरुलाई उत्प्रेरित गर्ने जीवन्त प्रयास थियो।राजेश हमालका प्रेरणादायी शब्दहरू टोलीमा प्रतिध्वनित भएको थियो जहाँ उनले समर्पण, सामुहिकता र चुनौतीहरूको सामना गर्नका लचिलो हुनुपर्ने कुरामा जोड दिएका थिए।

“काठमाडौं रेजर्सको प्रशंसकको रूपमा यहाँ आउन पाउँदा म रोमाञ्चित छु। काठमाडौं रेजर्सले हाम्रो काठमाडौंको भावना र उर्जाको प्रतिनिधित्व गर्दछ। मैदानमा तपाईंको प्रयासले सबै फुटबल उत्साहीहरूलाई प्रेरणा दिन्छ। आफ्ना सीमाहरूलाई फराकिलो बनाउँदै लैजानुहोस् र खेलकुदको माध्यमबाट जनजीवनमा तपाईंले पार्न सक्ने प्रभावलाई कहिल्यै कम नठान्नुहोस्” भेटघाटका क्रममा राजेश हमालले भने। सिनेमा र खेलकुदको संयोजन एक शक्तिशाली ऊर्जा हो र राजेश हमालको भ्रमणले यी दुई क्षेत्रहरूबीच पुलको काम गरेको छ। खेलकुदको सांस्कृतिक महत्व र मानिसहरूलाई एकताबद्ध गर्ने क्षमतालाई आत्मसात गर्दै महानायकले फुटबलको परिवर्तनकारी शक्तिमाथि आफ्नो विश्वास व्यक्त गरे।