Thursday, October 1, 2026
Home अर्थ गभर्नर अधिकारीको मुद्दामा कारण देखाऊ आदेश

गभर्नर अधिकारीको मुद्दामा कारण देखाऊ आदेश

52

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। गभर्नर अधिकारीविरुद्ध परेको रिटमाथि न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। ाथै आन्तरिम आदेश दिने नदिने बारेमा छलफल गर्नका लागि दुवै पक्षलाई झिकाउने पनि आदेश भएको छ। अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले हिजो रिट निवेदन दर्ता गरेका थिए। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ। तर, गभर्नर अधिकारीको योग्यता ऐन बमोजिमको नभएको जिकिर गर्दै तत्काल पदबाट हटाउन रिटमा माग गरिएको छ।