‘मेयर हर्क साम्पाङको शैली हिटलरको जस्तै उद्दण्ड र अराजक’

25

काठमाडौँ: धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा पाँच राजनीतिक दलले विरोध गरेका छन्। धरानस्थित ठूलासहितका पाँच दलले शुक्रबार वक्तव्य निकालेर मेयर साम्पाङको उक्त कदमलाई उद्दण्ड र अराजक भनेका हुन्। कांग्रेस सभापति श्याम पोख्रेल, एमाले उपाध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष सम्फर तामाङ, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु र नेकपा एकीकृत समाजवादीका सचिव खेम प्रसाद दाहालले संयुक्त वक्तव्य निकालेर राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको तस्बिर हटाएकोमा आपत्ति जनाएका हुन्।