Home Blog Page 233
काठमाडौँ : सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका मृतकका परिवारबीच चारबुँदे सहमति भएको छ।गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारबीच आज (सोमवार) भएको छलफलपछि चारबुँदे सहमति भएको हो। सरकारका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए। वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गरेका छन्। सहमति अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद...
बझाङ : जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चैनपुरस्थित पुरानो बसपार्कमा गएराति १० बजेतिर डोजर दुर्घटना हुँदा चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए।‘बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा जेसीबी सडकबाट २० मिटर तल खसेको रहेछ’, उनले भने, ‘च्यापिए घटनास्थलमै चालकको मृत्यु...
लमजुङ : क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन्। समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए। उनले भने, ‘ विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्। अहिले...
काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा प्रारम्भिक छलफल सुरु भएको छ। पुस २३ गते उम्मेदवारी मनोनयनको मिति नजिकिएसँगै दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन्। आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच छलफल भएको छ। प्रदेशमा दलहरुको मतभार र विदा हुन लागेका सदस्य संख्याबारे आज सामान्य छलफल भएको कांग्रेसका मुख्य सचेतक...
काठमाडौं : ११ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। ​जागरुक युवा अभियान नेपालको आयोजनामा सोमबार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी मनाइएको हो। ‘नेपाली टोपी ः नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको ११ औं नेपाली टोपी दिवस मनाइएको हो। दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)...
संखुवासभा : संखुवासभाको जिल्ला कारागार खाँदबारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन्। मृत्यु हुनेमा इलाम घर भई खाँदबारी नगरपालिका –७ जिल्ला कारागारमा कार्यतर वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षीय डीकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। गएराति २ बजे डिउटीसकेर सुतेका वरिष्ठ प्रहरी हवल्दार तामाङलाई बिहान ५ बजे अचेत अवस्थामा बेला...
काठमाडौं : राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। वर्षमा...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकै लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताएका हुन्। सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए। उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए।...
रुपन्देही : रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ। स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो। उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो। कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे...
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।...