काठमाडौँ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन्।शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताए।ार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा आगामी आर्थिक वर्षको...
गोरखा : उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ। गाउँपालिकाले शुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन शुरु गरिएको हो। ाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य गर्न...
काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको पानी भोलिदेखि काठमाडौं आउने भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माघे संक्रान्ति अर्थात भोलिदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको बताएको छ। पहिलो दिन भोलि अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण शुरु हुने छ। बाढी पहिरोका कारण संरचनामा क्षति पुगेपछि अवरुद्ध बनेको मेलम्चीको पानी अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि बुधबार साँझदेखि...
सल्लेरी ः सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो। आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी...
काठमाडौं : विद्यालय शिक्षा विधेयकमा छलफल गर्न संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यार्थी संगठनलाई बोलाएको छ। आइतबार बिहान साढे ११ बजे बस्ने बैठकमा विभिन्न विद्यार्थी संघ–संगठनसँग छलफल गर्ने सूचना संसद् सचिवालयले जारी गरेको छ। समितिले यसअघि शिक्षक, कर्मचारी, विद्यालय सञ्चालक, पाठ्यक्रम विकास केन्द्रका अधिकारी तथा अभिभावक संघका पदाधिकारीलाई बोलाएर विधयेकमाथि छलफल गरेको थियो।यस्तै प्रतिनिधिसभा अन्तरगत...
काठमाडौं : दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन। जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उहाँलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ। उनले खुसी हुँदै भनिन्, ‘भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए।’ अहिले उहाँको आठ वर्षीय...
अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीबार भएको विस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका छन्। आतंकवादी हमलालाई दोष दिँदै जाद्रानले सुरक्षा बलहरूले देशका सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गर्ने बताए । दशत–ए–बर्ची इलाकामा यो दोस्रो आतङ्ककारी हमला हो। यसअघि शनिबार मिनी बसलाई लक्षित गरी...
बाँके : बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई सजाय र जरिवाना तोकेको छ। अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले बिहीबार १९ जनालाई एकदेखि पाँच वर्षसम्म कैद सजाय गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए। उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराध संहिता २०७४ बमोजिम अभियुक्तलाई कैद...
काठमाडौं : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेका छन्। ाष्ट्रपतिले प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको शालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन्। नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। सैनिक टुकडीले...
पौराणिक कालदेखि नै खानालाई तीन प्रकारमा विभाजन गरिन्छ। सात्विक खानाले शरीरलाई शुध्द राख्छ भने मनलाई शान्ति दिन्छ। फलफूल तथा सागसब्जी त्यस्तो खानामा पर्ने गर्छन्। त्यस्तै राजर्षी खाना भन्नाले शरीर र मस्तिष्कलाई क्रियाशील बनाउने खाना भन्ने बुझिन्छ। यस्ता खानाको अत्याधिक सेवनले शरीरलाई उत्तेजना प्रदान गर्छ। जस्तै मसालादार खाना,चिया कफीको बढी मात्रामा प्रयोगले शरीरलाई नकारात्मक असर प्रदान गर्न सक्छ। त्यसैले...










