Tuesday, September 22, 2026
Home राजनीति पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि पुगे राष्ट्रपति

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि पुगे राष्ट्रपति

55

काठमाडौं : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेका छन्। ाष्ट्रपतिले प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको शालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन्। नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो।