काठमाडौं : कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन्।‘डिपिक्सन’ नाम दिइएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन्। १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाइसकेका छन्। कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको...
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए। उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम...
काठमाडौँ । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका वडा न. ९ का वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ । वडाध्यक्ष नृपेश बादेलाई घर बाटो सिफारिस गर्ने प्रयोजनकोलागि १५ लाख घुस लिइसकेको अवस्थामा बुधबार राति नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न....
काठमाडौं : काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो ।ाठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरूले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य...
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताएकी छन्। बुधबार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरु बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेको...
काठमाडौं : खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन नभई फेरि पनि मेलम्चीको पानी प्रश्नमा उनले त्यसरी बुझ्न नहुने तर्क गरिन्। यसमा सरकारको आलोचना गर्न नमिल्ने उनले दाबी गरिन्। उनले भनिन्, ‘उद्घाटनको विषयमा त्यसरी पानीको गरिएको होइन, पुन: वितरणको मात्रै म्यासेज दिन गरिएको हो, पटक-पटक उद्घाटन होइन,पानी वितरण शुभारम्भ गरेको भनेर पब्लिकले बझ्नुपर्छ, यसले फेरि पानी...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नुपरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन्।छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट...
काठमाडौं । डिसेम्बरको सुरुमा मङ्गेशकुमार (परिवर्तित नाम) फेसबुक चलाइरहेका थिए । त्यसै क्रममा उनको ध्यान अल इन्डिया प्रेग्नेन्ट जब सर्भिसको भिडिओमा गयो ।
त्यसपछि उनले यस विषयमा थप जानकारी लिने सोच बनाए । साँच्चिकै अनौठो लाग्ने यो जागिरमा महिलालाई गर्भवती बनाउँदा पैसा पाइने भनिएको थियो । स्वभाविक रूपमा यो निकै आकर्षक अफर थियो । ३३ वर्षका ती व्यक्ति, जो विवाह...
काठमाडौं । टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या आठ पुगेको छ।सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यतालिका छ। कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार भीड...
भक्तपुर । यो वर्षको भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले जितेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मासबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी जितेको छ ।भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको हो भने १९ स्वर्णले मध्यपुर नपा दोस्रो, ९ स्वर्णले सुर्यबिनायक नपा तेस्रो र ७ स्वर्णले चागुनारायण नपा चौथो भएको भक्तपुर जिल्ला...










