Thursday, October 8, 2026
Home समाचार मेलम्चीको पानी भोलिदेखि काठमाडौंमा

मेलम्चीको पानी भोलिदेखि काठमाडौंमा

22

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको पानी भोलिदेखि काठमाडौं आउने भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माघे संक्रान्ति अर्थात भोलिदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको बताएको छ। पहिलो दिन भोलि अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण शुरु हुने छ। बाढी पहिरोका कारण संरचनामा क्षति पुगेपछि अवरुद्ध बनेको मेलम्चीको पानी अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको थियो।मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले बताए। मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी नआए पनि काठमाडौँ उपत्यकावासी पटक–पटक रित्तो भाडा लिएर प्रदर्शनमा समेत उत्रिएका थिए।