Tuesday, September 22, 2026
Home अन्तर्राष्ट्रिय काबुल विस्फोटमा २ जनाको मृत्यु, १२ घाइते

काबुल विस्फोटमा २ जनाको मृत्यु, १२ घाइते

76

अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीबार भएको विस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका छन्। आतंकवादी हमलालाई दोष दिँदै जाद्रानले सुरक्षा बलहरूले देशका सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गर्ने बताए । दशत–ए–बर्ची इलाकामा यो दोस्रो आतङ्ककारी हमला हो। यसअघि शनिबार मिनी बसलाई लक्षित गरी भएको आक्रमणमा ५ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए। शनिबारको मिनी बसमा भएको हमलाको जिम्मेवारी प्रतिद्वन्द्वी दाएस वा इस्लामिक स्टेट संगठनले लिएको छ तर अन्य दुई बिष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन।