ज्युँदैमा अदालतको आदेशमा ‘मृत्युको प्रमाणपत्र’ बनेपछि नरमाया घर्तीले बर्दिया जिल्ला अदालतमा ‘किर्ते जालसाजी’ मुद्दा दर्ता गराएकी छन्। बर्दिया जिल्ला अदालतले नेपालगञ्जमा बसोबास गर्दै आएकी ४३ वर्षीया नरमाया र उनकी २० वर्षीया छोरी शषा गुरुङको यही पुस १८ गते ‘मृत्युको न्यायिक घोषणापत्र’ बनाइदिएको थियो। अदालतले २०६२ चैत १५ गते घरबाट निस्केपछि हालसम्म फर्केर नआएकोले मृत्युको न्यायिक घोषणा गरिपाऊँ भन्ने निवेदनमा...
सर्लाही : हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ। जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो। उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ...
काठमाडौं : बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको जानकारी दिएका छन्। पुस १३ गते लामिछानेलाई बलात्कारी ठहर गर्ने न्यायाधीश शिशिरराज ढकालकै बुधबारको इजलासले सजाय निर्धारण गरेको हो ।
काठमाडौं : पछिल्लो २४ घण्टायता देशभरका छुट्टाछुट्टै स्थानमा भएका विभिन्न दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। नवलपरासी पूर्व, सिरहा, कञ्चनपुर, उदयपुर, कैलाली र भक्तपुरमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खर्कट्टास्थित सडकमा बागमती प्रदेश ०१-०२९ च ०२४८ नम्बरको कार र बागमती प्रदेश ०३-०४ प १९५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल...
काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन्।बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले निश्चित मानिसहरू मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरू भन्दा बाहिर मत जाने स्थिति नहुने बताएका हुन्। उनले मतदाता प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू रहेकाले...
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले ट्रंक तथा डेडिकेटेड लाइनको विवाद टुंग्याउन तीन दिनभित्र निचोडमा पुग्ने बताएका छन्। मंगलबार संसदको पूर्वाधार समितिमा बोल्दै उनले महान्यायाधिवक्ताको राय लिएर जसरी पनि तीन दिनभित्र विवादबारे निष्कर्ष निकाल्ने बताएका हुन्। आजै हामी महान्यायाधिकक्ताको कार्यालयसँग राय माग्छौं। तीन दिनभित्र निचोड निकाल्छौं। तीन दिनै नलाग्न पनि सक्छ,' उनले भने, 'ऊर्जा मन्त्रालयले यसअघि नै महान्यायाधिवक्ताको...
विश्वमा केही समययता तीब्र फैलिरहेको ओमिक्रोन भेरियन्टको नयाँ भाइरस जेएन.१ नेपालमा पनि पुष्टि भएको छ। खासगरी छिमेकी भारतमा केही सातादेखि संक्रमण बढेसँगै नेपालमा पनि नयाँ भेरियन्ट जेएन.१ देखिन थालेिगतमा पनि भारतमा कोरोनाको लहर देखिएपछि त्यसको केही समयको अन्तरालमा नेपाल पनि देखिने गरेको छ। नेपालमा पनि नयाँ भेरियन्ट फेला परेसँगै धेरै मानिसहरूमा यो भाइरस कति घातक हो भन्ने जिज्ञासा उब्जिएको...
उदयपुर : २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन्। उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको...
सर्लाही : सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याई भएको छ। आउँदै गरेको माघे संक्रान्तिलाई लक्षित गरी जील्लाको उत्तर पश्चिम भेगमा पर्ने बागमती र बरहथवा नगरपालिकाका किसानहरूलाई तरुल खन्न भ्याइनभ्याई भएको हो। तर, यसवर्ष तरुलको उचित मूल्य नपाएको किसानहरुले गुनासो गरेका छन्। जिल्लाको बागमती र बरहथवा नगरपालिका लगाएतका स्थानमा यतिबेला किसानहरु माघे संक्रातीमा अत्यधिक खपत हुने भएकाले तरुल खन्न भ्याईनभ्याई रहेको...
काठमाडौं : नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लागाएका छन्। बुधबार सिंहदरबामा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको जिकिर गरे।उनले यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय...










