Saturday, September 26, 2026
Home Uncategorized अटो क्षेत्रमा लगानी नगर्दा १ अर्ब भन्सारमा कमी

अटो क्षेत्रमा लगानी नगर्दा १ अर्ब भन्सारमा कमी

395

चैत १४, पर्सा।
वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । यहाँको नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधन आयातमा कमी आएका कारण राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख सेवन्त पोखरेलले बताए ।
भारत तथा तेस्रो मुलुकबाट आयात भएका जिप तथा कारमा नेपाली बैंकले लगानी गर्न नमानेपछि तिनको आयात घटदा सोको असर राजस्व सङ्कलनमा परेको उनले जानकारी दिए । कार्यालयले आव २०७३/७४को फागुन महिनामा रु नौ अर्ब सात करोड २६ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु आठ अर्ब नौ कारोड ८५ लाख ९४ हजार, अर्थात् रु ९७ करोड ४० लाख ९४ हजार राजस्व सङ्कलन न्यून भएको कार्यालय प्रमुख पोखरेलले बताए ।
देशकै प्रमुख भन्सार नाकाका रुपमा रहेको वीरगन्जबाट नेपालका लागि हुने सवारी साधन तथा इन्धन आयातबाट सबैभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको थियो । कुल राजस्वमध्ये ५७ प्रतिशत राजस्व सवारी साधन तथा इन्धन आयातबाट सङ्कलन हुने गरेकोे कार्यालयले जनाएको छ ।
फागुन महिनामा मात्र वीरगन्ज नाका प्रयोग गरी भएका सवारी साधन तथा इन्धन आयातबाट कार्यालयले रु पाँच अर्ब १६ करोड २९ लाख दुई हजार राजस्व सङ्कलन गरेको थियो । सङ्कलित राजस्व कुल राजस्वको ५६.९० प्रतिशत रहेको छ । बैंकले लगानी नगर्दा नेपालका लागि आयात गरिएको करिब चार हजार जिप कार सीमावर्ती भारतीय सहर रक्सौलको विभिन्न स्थानमा थन्किएको सम्बद्ध भन्सार एजेन्टको भनाइ छ ।