Saturday, September 26, 2026
Home Uncategorized मधेशी मोर्चालाई सहमतीमा ल्याएर निर्धारित मितिमै निर्वाचन हुन्छ : कमल थापा

मधेशी मोर्चालाई सहमतीमा ल्याएर निर्धारित मितिमै निर्वाचन हुन्छ : कमल थापा

256

चैत १४,
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मधेशी मोर्चालाई पनि सहमतीमा ल्याउन सबै दल लचिनो हुनुपर्ने बताएका छन् ।
उनले मोर्चालाई सहमतीमा ल्याएर निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्ने समेत दावी गरे ।
आज राप्रपाको मध्यपुर थिमि नगर कार्य समितिले भक्तपुरमा आयोजना गरेको मध्यपुर थिमि नगरपालिकाको २१ औं नगरपालिका स्थापना दिबस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले निर्वाचन महान प्रजातान्त्रिक अभ्यास भएकाले यसमा सिंगो मुलुक जुट्नुपर्ने बताए ।उनले निर्धक्कसँग स्थानीय तह निर्वाचनको तयारी गर्न सबै राजनीतिक दल र नागरिक समाजलाई आग्रह गरेका छन् ।
उपप्रधानमन्त्री थापाले थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न मधेसवादी दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटेको जानकारी दिए ।उनले निर्बाचनमा सबैको सहभागीताको निमित्त सरकारले हरसम्भब प्रयास गर्ने बताउँदै दुई दशकदेखि स्थगित भएको स्थानीय निर्वाचनलाई सफल पार्नुपर्नेमा जोड दिए ।निर्वाचन सुनिश्चित गर्न आफूहरु सरकारमा गएको बताउँदै निर्वाचन हुन्छ कि हुन्न भनेर दुबिधा र आशंका नपाल्न सबैलाई आग्रह गरेका छन् ।