अबको चुनाव एमालेमय हुने ओलीको दाबी

316

चैत २०,
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अबको चुनाव एमालेमय हुने दाबी गरेका छन् । एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा शनिबार आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष ओलीले एमालेका काम कारवाही देखेर अन्य राजनीतिक पार्टीहरु आत्तिएको बताए । एमाले ठुलो पार्टी बन्न नभई देश बनाउन अग्रसर भएको भन्दै उनाले अबको निर्वाचनमा जनतामा भएको भोट एमालेले बडार्ने दमबी गरे । कांग्रेस र माओवादी केन्द्रले नयाँ क्यालकुलेटरमा भोट गन्दै गर्दा जनताको भोट एमालेले लगिसक्ने उनले बताए । साथै जनलहर सबै एमालेतर्फ आएको भन्दै अब अन्य पार्टीको साईनबोर्ड मात्रै बाँकी रहने दाबी गरे । वर्तमान सरकारले आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका काम पुरा गर्नुको सट्टा विगारेको ओलीको आरोप छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेलाई तह लगाउने भए काम गरेर देखाउन चुनौति दिएका छन् ।