लोकतान्त्रिक फोरममा नयाँ शक्तिका वरिष्ठ नेता सहित १ हजार नेता कार्यकर्ता प्रवेश गर्दै

737

चैत्र १९, काठमाडौं ।
२०७२ सालको संविधान जारी गर्न प्रस्तान विन्दु मानिएको १६ बुँदे समझदारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले भोलि नयाँ शक्ति पार्टीका वरिष्ठ नेता सहित १ हजार भन्दा बढी विभिन्न नेता कार्यकर्ताहरुलाई लोकतान्त्रिक फोरममा प्रवेश गराउने भएका छन् । काठमाडौंको थापा गाउँ स्थित बानेश्वर ब्यङ्किटमा भोलि दिउँसो १:३० बजे पत्रकार सम्मेलन पछि पार्टी प्रवेश कार्यक्रम तय भएको पार्टीका केन्द्रिय कार्यलयका मूख्य सचिव परमानन्द मेहताद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । कार्यक्रमको सगरमाथा टेलिभिजन र क्यापिटल एफएम प्रत्यक्ष प्रशारण गर्ने छ ।