Saturday, May 9, 2026
Home Blog Page 2137
माघ १९, लहान । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले कल्याणपुर नगरपालिका वडा...
माघ १९, जनकपुर । मध्य तराईका विद्यार्थीहरू शीतलहर तथा कठ्याङ्ग्रिँदो चिसोका कारण बढी प्रभावित भएका छन्। कक्षा कोठामा विद्यार्थीका लागि डेस्क र बेञ्च नहुँदा चिसो भुँइमै बसेर पढ्न बाध्य भएका कारण चिसोमा उनीहरू विद्यालय नै आउँदैनन्। जनकपुर उपमहानगरपालिकाको कुवारामपुरस्थित श्री माध्यमिक विद्यालयमा समेत विद्यार्थीहरू चिसोका कारण विद्यार्थीहरू विद्यालय नै आउन छाडेका हुन्। यस विद्यालयको कक्षा १, २ र ३...
माघ १९, काठमाडौं नेपालभ्रमणमा रहेकी भारतीय विदेशीमन्त्री सुष्मा स्वराज र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। स्वराजले बिहान साढे ९ बजे सोल्टी होटलमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेकी हुन्। भेटमा नेपालको राजनीतिक परिस्थिति र आपसी हितबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ। स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछिन् । भण्डारीसँग शितलनिवास...
माघ १९, काठमाडौँ । साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहनुभएन उहाँको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने...
माघ १८, काठमाडौँ । उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारदेखि शुरु भएको...
माघ १८, भक्तपुर । नेपालमा क्षयरोगी रोगीको संख्या कति छ भन्न्ने एकिन तथ्यांक नभएका क्षयरोगीको संख्या पत्ता लगाउन नमुना सर्वेक्षण सुरु गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र सानोथिमी भक्तपुरले नेपाल सरकार, ग्लोबल फन्ट, एल एच एलको आर्थिक सहयोग तथा विश्व स्वास्थ्य संगठन र जापानी संस्था आर टि आई को प्राविधिक सहयोगमा नमुना सर्वेक्षण गर्ने हुन लागेको हो । विहिबार भक्तपुरको मध्यपुर थिमी...
माघ १८ काठमाडौं । फिल्म ुकान्छीुको गीत चरीचट्टले युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएको छ। युट्युबमा अपलोड गरिएको तीन महिनामा गीतले एक करोड भ्युअर्स पाएको हो। उक्त गीतमा राजनराज सिवाकोटीको शब्द संगीत रहेको छ। गीतमा राजनराज र अन्जु पन्तको स्वर छ। बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार श्वेता खड्का र दयाहाङ राई फिचरिङ छन्। फागुन ४ गतेबाट...
माघ १८, मकवानपुर । प्रदेश ३ को पहिलो बैठक अस्थायी राजधानी हेटौँडामा बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजे प्रदेशसभा भवन बनाइएको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बस्नेछ। पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नेछन्। पहिलो बैठक भएकाले सुरुमा सभामुखले प्रदेश प्रमुखबाट बैठक आह्वान भएको पत्र पढेर सुनाउने कार्यसूची छ। त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका प्रतिनिधिलाई बोल्न दिइनेछ।...
माघ १८ काठमाडौं । पहिले नै शहीद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि शहीद घोषणा गरेको छ। ०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले शहीद घोषणा गरेका १४ जनालाई देउवा सरकारले पनि दोहोर्‍याएको हो। देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई शहीद घोषणा गरेको छ। नेपाल नेतृत्वको तत्कालीन सरकारले असार ०६७ मा एक हजार ६ सय २६...
माघ १८, ललितपुर । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ भने सिटी बसको टेण्डर...