क्षयरोगीको संख्या पत्ता लगाउन भक्तपुरबाट नमुना सर्वेक्षण सुरु

307

माघ १८,
भक्तपुर । नेपालमा क्षयरोगी रोगीको संख्या कति छ भन्न्ने एकिन तथ्यांक नभएका क्षयरोगीको संख्या पत्ता लगाउन नमुना सर्वेक्षण सुरु गरिएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्र सानोथिमी भक्तपुरले नेपाल सरकार, ग्लोबल फन्ट, एल एच एलको आर्थिक सहयोग तथा विश्व स्वास्थ्य संगठन र जापानी संस्था आर टि आई को प्राविधिक सहयोगमा नमुना सर्वेक्षण गर्ने हुन लागेको हो ।
विहिबार भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ४ बाट सुरु भएको यो कार्यक्रम ५५ जिल्लाको ९९ स्थानमा हुने केन्द्रका निर्देशक डाक्टर केदार नरसिंह केसीले जानकारी दिएका छन् ।
केही दिनपछि यो कार्य सिन्धुली र दोलखा जिल्लाबाट समेत सुरु गरिने डाक्टर केसीले बताए ।
विगतमा विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षेनी ४४ हजार नयाँ क्षयरोगी थपिने अनुमानित तथ्याांक दिएपनि यो राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण– २०१७ गरेपछि वास्तविक क्षयरोगीको संख्या थाहा हुने छ ।

कसरी हुदैंछ राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण ?
यो सर्वेक्षण सुरुवात भक्तपुरको मध्यपुर थिमीबाट थालनी भएको छ । जुन नेपालका ७७ मध्ये ५५ जिल्लामा गरिनेछ ।
यो सर्वेक्षण बारे डाक्टर केसीले  यसरी बताएः एउटा (क्लस्टर) छानिएको स्थानमा करिब ६ सय शंकास्पद रोगीलाई बोलाइने छ । यो सर्वेक्षण नेपालका ९९(क्लस्टर) छानिएको स्थानमा हुने छ ।
त्यसपछि पहिलो चरणमा उनीहरुलाई स्वास्थ्यकर्मीले परामर्श दिनेछन् । त्यसपछि चिकित्सकले जाचँ गर्नेछन् । उक्त कार्यपछि एक्स–रे गरिने । एक्स–रेमा दाग देखिएमा स्पुटम् चेक, कल्चर र जेनएक्सपर्ट जस्ता चिकित्सा विधी अपनाइने छ । यदि क्षयरोग देखिमा उपचार गरिने छ ।
विगतमा नेपालमा प्रत्येक दिन १ सय २० नयाँ रोगी भेटिने गरेको र प्रत्येक दिन २० जनाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । करिब १८ महिनाको नमुना यो सर्वेक्षणपछि नेपालमा रहेका क्षयरोगीको संख्या एकिन हुनेछ ।

अनुमानित बजेट कति ?
राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षणमा नेपाल सरकार र अन्य विभिन्न संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।
नेपाल सरकारले २३ करोड, ग्लोबल फन्टको १७ करोड , एलएचएल नर्वेको ३ करोड रुपैंयाआर्थिक सहयोग रहेको छ । विश्व स्वास्थ्य संगठन र जापानी संस्था आर टि आई को प्राविधिक सहयोगमा नमुना सर्वेक्षण गर्ने हुन लागेको हो ।

के यो नमुना सर्वेक्षणले सबै रोगी पत्ता लाग्छन् त ?
केन्द्रको अनुसार यो एउटा नमुना सर्वेक्षण हो । जुन स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको लामो प्रयासपछि हुन लागेको छ । यसको लागि विज्ञटोलीले निश्चित स्थान तोकेको छ । जहाँ ६ सय मानिस घडिको सुई घुमेजस्तो गोलाकार वृत बनाउदैं शंकास्पद रोगी छनोट गरिएको छ । जुन नेपालको हिमाल, पहाड र तराई सबै भूभागलाई समेटिएको छ । त्यसैले विगतको भन्दा विश्वासीलो तथ्यांक आउने विश्वास गर्न सकिन्छ । तर त्यसकोलागि भने करिब १८ महिना समय धैर्य गर्नु पर्ने देखिन्छ ।