फागुन ११,
काठमाडौं । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । दुई पार्टीको ुहमति अनुसार अब प्रधानमन्त्री सहति एमालेलाई ११ र माओवादी ७ मन्त्रालय पाउने छन् । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललार्इ नियुक्त गर्ने निर्णय पनि गरेको छ ।