Wednesday, September 23, 2026
Home समाचार केक काटेर यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन

केक काटेर यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन

584

फागुन ११,
काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६७औं जन्मदिन मनाएका छन्। शुक्रबार सरकारी निवास बालुवाटारमा श्रीमती राधिका शाक्य र एमाले कार्यकर्ताको साथमा केक काटेर ओलीले आफ्नो जन्मदिन मनाएका हुन्। ओलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, मन्त्रीद्वय लालबाबु पण्डित र थममाया थापा लगायतले शुभकामना दिएका थिए। मोहनप्रसाद ओली र मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्रीको जन्म भएको थियो। २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। हाल उनी एमालेको अध्यक्ष र संसदीय दलका नेता पनि हुन्।