दोस्रो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सुरु

दोस्रो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सुरु

111

फागुन २५,
काठमाडौ । त्रिपुरेश्वरमा दोस्रो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनालने आफु पदमा रहदाँ वा नरहदाँ सधै खेलकुदको विकाशमा समर्पित रहेको बताए । उनले भने ‘तपाईहरु खेल सम्बन्धी कनै समस्या वा विषयलाई १० मिनेटमा प्रधानमन्त्रीको टेबुलमा पु¥याउने हैशियत राख्दछु, समस्या समाधानको लागि लागिरहने छु ।’ तेक्वान्दो प्रशिक्षक रोजन्द्र के.सीले आफ्ना खेलाडी छोरा दिलिप के.सीको अल्पायुमै निधन भएपछि उनकै सम्झनामा दिलिप स्मृति प्रतिष्ठान बनाएर निरन्तर तेक्वान्दो खेलको विकाशको लागि परेका छन् । सो प्रतियोगिता दुइदिनसम्म चल्ने छ ।