बोक्सी आरोपमा निर्मम कुटपिट

कुटपीटमा संलग्न एक पक्राउ

433

कान्तिपुर दैनिक/डीआर पन्त
फाल्गुन २६,
धनगढी — देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीको दुर्गम थारू बस्तीमा बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको छ । निर्मम कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
बोक्सी आरोपमा कुटपीट गरिएकी राधा चौधरीको सेती अञ्चल अस्पतालमा उपचार हुँदै । तस्बिर स् डीआररकान्तिपुर
घोडाघोडी नगरपालिका–५ देउकलीस्थित घरमा बिहान आँगन सफा गरिरहेका बेला आइपुगेका गाउँकै सात जनाको समूहले उनलाई जबर्जस्ती बाँधेर लगेका थिए । नजिकै छिमेकी किस्मती चौधरीको आँगनमा कुरिरहेका भोलेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै उनीमाथि निर्मम कुटपिट गरेका हुन् । पीडित चौधरीको पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका अन्य भागमा गम्भीर चोट छन् ।
कुनै समय सानोतिनो व्यापारमा संलग्न भए पनि अहिले आफूलाई भोलेबाबा बताउने २५ वर्षीय रामबहादुरले बोक्सी भगाउने भन्दै कुटपिट गरिरहँदा भेला भएका सयौं स्थानीयमध्ये कसैले पनि नरोकेको पीडितका बुवा जोखन चौधरीले दुखेसो पोखे । ‘लगातार छोरीमाथि कुटपिट भयो,’ उनले भने, ‘सबैले नाटक हेरेजस्तै हेरिरहे, कसैले रोक्ने प्रयास गरेनन् ।’
‘घटना एकाएक भयो, छोरीको हातखुट्टा बाँधेर लिएर गए, गुरुवा ९थारू समुदायको झाँक्री० भएको ठाउँमा पुग्दा सयौं मान्छे जम्मा भइसकेका थिए,’ उनले भने, ‘हामी एक्लाको कुरा कसले सुन्ने रु कसैले सुनेनन् ।’ पीडित राधाकी आमा फूलकेशरीले कुटपिट रोक्नुको सट्टा जम्मा भएका स्थानीयले ताली बजाएको बताइन् । ‘हामी रोइकराइ गरिरहेका थियौं, अरू ताली बजाइरहेका थिए,’ उनले सुनाइन् । प्रहरीले समेत सुरुमा कुरा सुन्नै नमानेको उनले गुनासो गरिन् । ‘गाउँकै किस्मती चौधरी लगायतको समूहले छोरीलाई जबर्जस्ती लगेका हुन्,’ उनले भनिन् ।