बैशाख १६,
नयाँ पत्रिका दैनिक
काठमाडौं । मुख्यमन्त्री, मन्त्री, सभामुख तथा सांसदको तलब, आवास, भ्रमण, यातायात तथा पानीदेखि बिजुलीसम्म सुविधा राज्यको कोषबाट हुने भएको छ ।प्रदेश १
सरकारले प्रस्तावसमेत तयार पारेन
प्रदेश सभा र प्रदेश सरकारका पदाधिकारीको पारिश्रमिक र सेवासुविधा कति हुने भन्ने यकिन गरिसकेको छैन । सरकारले यस्तो कानुनको प्रस्ताव नै तयार पारेको छैन । त्यसैले प्रदेश सभाले यो विषयमा छलफल गर्न सकेको छैन ।प्रदेश...
बैशाख १६,
चितवन । चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहानबाट नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैँडालाई चितवनको रत्ननगरस्थित सौरहाको पिट बोमा (सानो खोर)मा ल्याएर राखिएको छ । निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरीया मुहानबाट शनिबार साँझ ६ बजे नियन्त्रणमा लिइएको गैँडाको बच्चा ९केटो०लाई राति ११ः३३ बजेको समयमा पिट बोमामा ल्याएर राखिएको हो । केटोलाई काठको खोरमा राखेर पिकअप भ्यानबाट सौराहा ल्याइएको...
बैशाख १५,
कास्की । पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा आज दुई पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बैशाख १५,
गोरखा । एकसाथ गल्र्यामगुल्र्युम ढलेका वरपरका घर विस्तारै ठडिदै जाँदा आफ्नो घर बनाउने कुनै टुंगो नभएपछि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय अझै छाप्रामुनि कष्टप्रद जीवन धान्न बाध्य छन् । भूकम्पको केन्द्रबिन्दुमा असह्य पीडा व्यहोरेका साविकको बारपाक गाविस–५, गैरीगाउँ र डाँडागाउँका ३२ दलित परिवारमध्ये २७ परिवार अहिलेसम्म हिउँदमा तपतप शीत र वर्षामा पानी चुहिने छाप्रामा दैनिक...
-राजकुमार लामिछाने,हैन के गर्ने हो ?
कि यतिकै मर्ने हो
बाच्ने कि मर्ने मर्ने कि बाच्ने
यहि अलमलमा पर्ने हो
फुल्ने कोसिस नि हो कि हैन
कि कोपिलामै झर्ने हो
चुहिएको छानो टाल्ने हैन
कि अन्तै डेरामा सर्ने हो
बाझो छ उर्वर भुमी
कति मरुभूमिमा चर्ने हो ?
कराइमा खिया छ
पकाउन गारो जुटाउन सारो
पाउरोटीले नै भुडी भर्ने हो ?यो भएन त्यो भएन
यो आएन त्यो गएन
जापान यस्तो अमेरिका त्यस्तो
हाम्रो मि...
बैशाख १५,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमितिको बैठक छिट्टै बोलाइने बताएका छन् ।काठमाडौं, बैशाख १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमितिको बैठक छिट्टै बोलाइने बताएका छन् । पार्टी मुख्यालय सानेपामा मुस्लिम संघको दोस्रो केन्द्रीय महाधिवेशनमा देउवाले महासमिति बैठक छिट्टै बोलाइने बताएपनि मितिबारे भने केही उल्लेख गरे । सभापति देउवाले महासमितिमा मुस्लिमका लागि आरक्षण कोटा...
भैरहवा । २५६२औं बुद्धजयन्तीको अवसरमा भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन–२०१८ सुरु भएको छ । सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे ।
बौद्ध सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वानहरु सहभागी रहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए । दुईदिने सम्मेलनमा १६ राष्ट्रिय र १६ अन्तर्राष्ट्रिय गरी ३२ जनाले १३ ओटा विभिन्न उपशीर्षकमा बौद्धसँग...
बैशाख १५,
एजेन्सी (लिमा) । पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिक’ बिहीबार जानकारी दिएको छ । नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको पुरातत्वविद्ले बताएका छन् ।
फेला परेको प्रमाणका अनुसार बालबालिकाको यसप्रकार सबैभन्दा ठूलो...
बैशाख १५,
स्याङ्जा । यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको छ ।
पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्षबाट जिल्लामै पहिलो पटक यो प्रविधि भित्र्याएर तरकारी खेती गरेको हो ।
“रोजगारीको सिलसिलामा कोरियामै रहँदा...
बैशाख १५,
डडेल्धुरा । अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा बिक्री गरिरहेको च्याउखेतीमा लागेका गन्यापधुरा–१ अशिग्राम, भात्काडाका खेमराज जोशीले बताउनुभयो...



