Sunday, October 11, 2026
Home खेलकुद सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पदकविहीन

सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पदकविहीन

201

बैशाख १४,
काठमाडौं । एसियन भलिवल महासंघ एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पदकविहीन भएको छ। गतवर्ष तेस्रो हुँदै पहिलो अन्तराष्ट्रिय पदक भित्र्याएको नेपाल योपटक चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो। शुक्रबार बंगलादेशको मिरपुरस्थित शहिद शुरवर्दी इन्डुअर स्टेडियममा तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता किर्गिस्तानसँग २५–२०, २५–२२, २५–२० को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुगेको थियो। किर्गिस्तानविरुद्ध सुधारिएको प्रदर्शन गरेको नेपालले जित भने सम्भव बनाउन सकेन। योसँगै नेपाली भलिबलको पदकका रूपमा गत वर्ष मााल्दिभ्मा भएको प्रतियोगिताबाट जितेको कांस्य पदक नै रहेको छ।