एनआरएनले घर बनाउने आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी

167

नागरिक दैनिक बैशाख १५,
गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।
‘एक वर्षसम्म घर कहाँ बनाउने भन्ने अन्यौल रह्यो, एनआरएनको आशमा दुई वर्ष बित्यो’ लाप्राककी स्थानीय मैयाँ गुरुङले भनिन् ‘सरकारले अनुदान नदिने रे, एनआरएनको घर तयार भएको छैन टहरामै नबसेर के गर्नु रु’ लाप्राक सिङ्गो गाउँको साविक गाविस हो । उक्त गाउँ भूकम्प अघिदेखि पहिरोको जोखिममा थियो । भूकम्पपछि थप पहिरोको जोखिममा रहेको लाप्राकका स्थानीय गुप्सिपाखा सर्ने तरखरमा थिए। एनआरएनले गुप्सिपाखामा सबै घर निर्माण गरेर सिङ्गो गाउँ नै पुनस्निर्माण गर्ने सम्झौता गरेपछि लाप्राकी घर पर्खिरहेका छन्। तर एनआरएनको लाप्राक एकीकृत बस्ती निर्माणको काम निकै सुस्त छ।
पाँच सय ७३ घरधुरीको निर्माण तीन पाँच महिना अघि गएको ‘डिसेम्बर’ मा सिध्याउने पूर्व अध्यक्ष शेष घलेले उद्घोष गरेका थिए। त्यसयता भवन भट्ट अध्यक्ष भएको पाँच महिना पुग्यो तर अहिलेसम्म लाप्राक पुनस्निर्माण सकिएको छैन र अझै केही महिना सम्पन्न हुने छाँटकाँट देखिँदैन।

गैरआवासीय नेपाली संघले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्। पाँच सय ९७ घर निर्माण सिध्याउनु पर्नेमा सोमवार सम्म ७६ घर मात्रै छाइएको छ।