बैशाख १५,
स्याङ्जा । यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको छ ।
पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्षबाट जिल्लामै पहिलो पटक यो प्रविधि भित्र्याएर तरकारी खेती गरेको हो ।
“रोजगारीको सिलसिलामा कोरियामै रहँदा आक्वापोनिक ९माटोरहित तरकारी फलाउने० प्रविधिका बारेमा जान्ने बुझ्ने मौका पाएँ” थापाले भन्नुभयो, “कार्यान्वयनका क्रममा नबुझेका कुरा युट्युबको माध्यमबाट ज्ञान लिएर तरकारी खेतीको थालनी गरेको हुँ ।”
आक्वापोनिक प्रविधिबाट उनले गोलभेँडा, प्याज, काँक्रा, खुर्सानी, साग तथा स्टाबेरीको खेती गर्नुभएको छ । “आक्वापोनिक प्रविधि विदेशमा निकै प्रयोगमा रहेपनि स्वदेशमा भने यो प्रविधि निकै नौलो रहेको छ”, थापाले भन्नुभयो, “यो प्रविधिको अवलोकन गर्न आउने कतिपयले त माटोबिना पनि तरकारी खेती हुन्छ र रु भनेर आश्चर्य पनि मान्नुहुन्छ ।”













