च्याउबाट मनग्य आम्दानी

129

बैशाख १५,
डडेल्धुरा । अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा बिक्री गरिरहेको च्याउखेतीमा लागेका गन्यापधुरा–१ अशिग्राम, भात्काडाका खेमराज जोशीले बताउनुभयो ।
दैनिक करीब १०० किलोग्राम च्याउ बिक्री गर्दा १५ हजारभन्दा बढी आम्दानी हुने गरेको उद्यमी जोशीले जानकारी दिनुभयो । त्यसैगरी गन्यापधुरा गाउँपालिका–२ वडालमा च्याउखेती गरिरहेका हिरा भण्डारीले पनि दैनिक रु १० देखि १२ हजारसम्मको च्याउ बिक्री गरिरहेको बताउनुभयो ।
गन्यापधुरा गाउँपालिकाको भाँतकाडामा जमिन भाडामा लिई खेमराज जोशीले स्थानीय युवासँगको साझेदारीमा दुई वटा ठूला टनेल निर्माण गरी च्याउ खेती शुरु गरेका छन् भने गन्यापधुरा गाउँपालिका–२ वडालमा जमिन भाँडामा लिई हिरा भण्डारीले स्थानीयवासी युवासँगको साझेदारीमा च्याउ खेती शुरु गरेका छन् ।