Home Blog Page 2039
बैशाख २०, काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले नउक्साएको भए र रामबहादुर थापा बादलले साथ नदिएको भए मोहन वैद्य किरणले २०६९ मा माओवादी पार्टी फुटाउने र प्रचण्डसँग सङ्गठनमै आमने–सामने हुने हिम्मत गर्दैनथे । परिस्थिति यस्तो भइदियो, वैद्यले ‘चाहना नहुँदाहुँदै’ पनि विप्लव र बादलको जोडबलमा प्रचण्ड नेतृत्वको माओवादी विभाजन भयो । विभाजित पार्टीको कमान्डर वैद्यलाई दिइयोरबनाइयो । राजनीति निर्मम हुन्छ भन्ने सत्यता वैद्यको...
बैशाख २०, तुलसीपुर । पूर्व राजा स्वर्गीय विरेन्द्र विरविक्रम शाहको शालिक हटाएको १२ बर्ष वछि पुनः तुलसीपुरमा राख्ने तयारी गरीएको छ । जनआन्दोलन २०६२/०६३ मा तत्कालीन माओवादी कार्यकर्ताले तुलसीपुर बजारको मुख्य भागमा रहेको पूर्वराज विरेन्द्र शाहको शालीक तोडफोड गरेर हटाई दिएका थिए । शालिक हटाएको ठाउँलाई अहिले पनि विरेन्द्र चोकको नामले चिन्ने गरिन्छ । शालिक हटाएपछि विरेन्द्र चोक अहिले मूर्ति...
बैशाख २०, काठमाडौं । आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन् । निजी क्षेत्रका प्रतिष्ठित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर र सौर्य एयरलाइन्सले प्रतिष्पर्धी बजारमा उपस्थिति जनाइराख्न ठूला विमान ल्याउन लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, धनगढी, नेपालगञ्ज र भैरहवामा नियमित उडान...
बैशाख २०, भक्तपुर । महानगरिय प्रहरी वृत्त जगातीले लागुऔषध मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु बस्ने बर्ष ४१ को ईन्द्र के.सी.लाई पक्राउ गरेको हो । फरार केसीलाई जिल्ला अदालत भक्तपुरले २०७२ चैत ७ गतेको फैसला अनुसार ११ महिना कैद र पाँच हजार जरिवाना हुने ठहर गरेको थियो । बिहिबार...
नयाँ पत्रिका दैनिक- बैशाख २०, काठमाडौँ । -३७,९९,५६५ ग्राम सुन तस्करी -चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असाररसाउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर -१७,०१,८०,७१,४३० रुपैयाँ बिगो -गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध मुद्दा, करिब तीन वर्षसम्म उनीहरूले तस्करी गरेको...
नयाँ पत्रिका दैनिक- बैशाख २०, काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । एकतासँग जोडिएका विषय करिब–करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए । गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन्...
नेपाल समाचारपत्र- बैशाख २०, काठमाडौं । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार करार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ। उनीहरूलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन। यसबारे सोद्धा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ नेपाल समाचारपत्रसँगको कुराकानीमा यस्तो जवाफ दिनुहुन्छ– ‘करार कर्मचारी नियुक्ति गरिएका कार्यालय र विभागलाई...
नेपाल समाचारपत्र- बैशाख २०, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १२ जनआस्था आधारभुत बिद्यालय पुरानापानीमा निजि दरबन्दीमा अध्यापन गराइरहेका सोही ठाँउका गोपाल प्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिका आधारभुत बिद्यालय काजारजंग हुकाममा शिक्षक पदको लागी बिज्ञापन आवाहान भएपछि दरखास्त दिन सो बिद्यालयमा गए । खुल्ला प्रतिस्पर्धामा शिक्षक भर्ना गरिने भनिए अनुसार देवकोटाले दरखास्त दिए ।दरखास्त दिएपछि सोही बिद्यालय...
-विद्या चापागाई बुवा दुध बेच्न जानुहुनथ्यो । घरका वस्तुभाउका दूधले मात्र पुग्दनथ्यो । गाउँबाट दूध किन्नुहुन्थ्यो । हल्का पानी मिसाउनु हुन्थ्यो । अनि दूधको स्वाद नपाएका शहरियाहरुलाई बेच्न जानु हुन्थ्यो क्यानमा बोकेर । आमा साग बेच्नुहुन्थ्यो । कठै, सागमा त के मिसाउनु । साग, सागै हुन्थ्यो । हरिया कलिला साग । गोबरको रस पाएर हुर्केका साग । बुवाले दूध बेचेर...
-जानू काम्बाङ्ग लिम्बु, युके (अल्डरशर्ट) । ताप्लेजुङ्ग समाज युकेले अल्डरशर्टको एम्पायर हलमा गत शनिवार भव्यताका साथ बार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष श्रीमती अमृता पलुङ्ग्वाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भूतपुर्ब मन्त्री श्री बिजय प्रकास थेबे रहेका थिए । बेलायतमा रहेका स्थापित अन्य थुप्रै संग संस्थाका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । ताप्लेजुङ्ग समाज युकेलाई...