बैशाख २१,
धनगढी । कैलाली जिल्लालाई समृद्धितर्फ लैजानका प्रचारप्रसार गर्न ‘कैलाली भ्रमण वर्ष–२०७५’ शनिबारदेखि शुरु हुँदैछ ।
‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ मूल नाराका साथ भ्रमण वर्षको चिसापानीमा उद्घाटन हुनेछ । कैलाली जिल्ला प्रदेश नं ७ को प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्र मात्र नभई समग्र प्रदेशकै प्रतिनिधि एवं प्रचूर आर्थिक सम्भावना बोकेको जिल्ला...
बैशाख २१,
काठमाडौं । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीहरुको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ ।
आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, राष्ट्र बैंकका गभर्नर डा। चिरिञ्जिवी नेपाल लगायतका सरकारी पदाधिकारीहरुको बैठकले यातायात समिति र तिनका पदाधिकारीहरुको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट यातायात व्यवस्था...
बैशाख २१,
काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बन्द हडतालको नाममा सवारी नचलाउने यातायात समितिको रुट परमिट निलम्बन गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको संयुक्त बैठकबाट आज सवारी नचलाउने सवारी साधनको रुट निलम्बन गर्ने निर्णय भएको बताए । “सवारी तथा यातायात...
बैशाख २१,
बर्दिवास । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरको दलित बस्तीका बासिन्दाले बिहीबार आफ्नो बस्तीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा रेडियो गौशाला ९३.६ मेगाहर्ज महोत्तरीले आयोजना गरेको मदिरा निषेधित क्षेत्र घोषणा तथा शैक्षिक जागरण अभियान–२०७५ मा त्यहाँका ९५ घर दलितले आफ्नो बस्ती अब पूर्णरुपमा मदिरा निषेधित क्षेत्र भएको घोषणा गरेका हुन् ।...
बैशाख २१,
भक्तपुर । भक्तपुरमा घर अगाडी रोकिराखेको मोटरसाइकलमा आगलागी भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक भत्केको पाटी चोकमा पार्किङ गरेर राखेको मोटरसाइकलमा गएराती आगो लागेको हो ।
हरिप्रसाद दाहालको घरमा तरकारी पसल संचालन गर्दै आएका सर्लाही लालबन्दी नगरपालिका ४ का माधव मैनालीको बा. ९ प ३१०१ नम्बरको हिरोहोण्डा मोटरसाइकलमा आगलागी भएको छ ।
सोही स्थानमा रहेको...
बैशाख २०,
काठमाडौं । चर्चित मोडल निराजन प्रधान र अभिनेत्री मरिश्का पोखरेललाई लिएर ‘प्रेमालय’ टाइटलमा फिल्म निर्माण हुने भएको छ । कुमार शाहले निर्देशन गर्ने यसको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो ।
आगामी दुई सातादेखि सुरु हुने फिल्मको छायांकन अष्ट्रेलियामा पनि हुनेछ । ‘प्रेमालय’मा सन्नी ढकाल, डा.सूर्या थापा, रविन्द्र झा, दालमन पुन लगायतका कलाकारहरुको पनि...
बैशाख २०,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै पटकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट सर्वसाधारण जनतालाई समस्या भएको उल्लेख गरिएको छ । यसैबीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई...
बैशाख २०,
विराटनगर । जिल्ला अदालत मोरङमा साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज अभियुक्त छ जनाको बयान लिन शुरु भएको छ । जिल्ला न्यायाधीश नारायण शर्मासमक्ष निजहरुको बयान लिने कार्य भइरहेको स्रेस्तेदार नवराज दुलालले बताउनुभयो । बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार र मोहन काफ्ले छन् ।...
बैशाख २०,
काठमाडौ । प्यावसन अध्यक्ष विजय साम्वाहाम्फेले सरकारी नियम र शिक्षा सम्बन्धि सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेको भन्दै निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष साम्वाहाम्फेले नियम नीतिकै आधारमा निजी विद्यालयले शुल्क बृद्धि गरेको स्पष्ट पारेका हुन । क्लवका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘हामीले...
एजेन्सी । सेक्स यति नै बेला गर्ने भन्ने कुनै निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ र गर्ने गरिन्छ । अधिकांशले रातिको समयमा मा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुने विभिन्न अनुसन्धानहरुले देखाइसकेका छन् । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि...










