वि.सं. २०७५ वैशाख १९ गते बुधबार तदनुसार ई. सं. २०१८ मई ०२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (अनलागा) , काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे , इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:२८ बजे , पोखरा, कास्की,...
कान्तिपुर दैनिक । सम्पादकीय
बैशाख १९,
काठमाडौँ । पर्यटकीय एवं पर्यावरणीय महत्त्वको फेवाताल मिचेर बनाइएका घर, होटल तथा अन्य व्यावसायिक संरचना हटाउन सर्वोच्च अदालतबाट जारी आदेश स्वागतयोग्य छ । अतिक्रमणविरुद्ध मुद्दा परेपछि नै फैसला प्रभावित गर्न भूमाफियाको चलखेल भइरहेका बेला सर्वोच्चबाट फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गर्न आदेश आएको हो ।
यो फैसला कार्यान्वयनले चार दशकभन्दा बढी समयदेखि जारी ताल...
कान्तिपुर दैनिक- वैशाख १८,
गोरखा — मजदुर दिवस मनाइरहँदा मंगलबार यहाँ एक महिलाले रोजगारीका लागि विदेश गएर जेलमा परेका श्रीमान्को उद्धारका लागि सहयोग गरिदिन आग्रह गरेकी छन् । भीमसेन थापा गाउँपालिका-७ वोर्लाङका कुमार रानामगर सेप्टेम्वर २०१७ देखि प्रहरी हिरासत र जनावरी २०१८ देखि साउदी अरबको अफिम सेन्ट्रल जेलमा छन् ।
साउदीको खालिद एसअल कम्पनीमा हेल्पर काम गर्दै आएका मगरले...
साहित्यकार धु्रवचन्द्र गौतम ७४ वर्ष पुगिसके । अहिलेसम्म ५० भन्दा बढी पुस्तक लेखिसकेका गौतमका २५ वटा उपन्यास प्रकाशित छन् । उनका कथा कविता पनि प्रकाशित छन् । १० वर्षको उमेरदेखि कविता लेख्न थालेका गौतम ७४ वर्षको उमेर पुग्दा पनि लेखिरहेका छन् । हरेक दिन उनी केही न केही लेखेकै हुन्छन्, लेखाइबाट उनी अझै थाकेका छैनन् । २०७४ मा उनको...
नयाँ पत्रिका दैनिक- बैशाख १९,
काठमाडौं । ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए । प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरिसकेको छ । सरकार आफैँले धरहरा निर्माण गर्ने गरी लगानीको मोडालिटीसमेत तयार भइसकेको उनले बताए । ‘अहिले...
नेपाल समाचारपत्र- बैशाख १९,
काठमाडौं । सवारीसाधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जिओ अटोमोबाइल्स प्रालिले प्रत्येक गाडीको बिक्रीमा उपभोक्ताबाट चर्को रकम असुल गरी ठगी गरेकोे घटना एकपछि अर्को गर्दै बाहिरिन थालेका छन्।
नेपालमा बिक्री–वितरणका लागि मंगलबार मात्र सार्वजनिक भएको फोर्ड कम्पनीको ‘फ्रिस्टाइल टाइटानियम’ गाडीमा जिओ अटोमोबाइल्स प्रालीले २९ प्रतिशत अतिरिक्त शुल्क राखी मूल्य निर्धारण गरेको छ। २३ लाख २९...
नयाँ पत्रिका दैनिक- बैशाख १९,
काठमाडौं । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन चाहेका छन् । खासमा तीन वर्षअघि नेपाल आउँदाको सकारात्मक छवि पुनस्र्थापनामा उनले जोड दिनेछन् ।
२८ र २९ वैशाखमा मोदी नेपाल आउने तय...
एजेन्सी । अहिले बलिउड नगरीमा विवाहको मौसम चलिरहेको छ। नायिका अनुश्का शर्माको विवाहपछि अब फ्यानहरूको नजर सोनम कपुर तथा दीपिका पादुकोणकोमा अडिएको छ।
यी दुवै नायिकाहरूको विवाहको खबर लगातार आइरहेको छ। अब यस लिस्टमा अर्की एक टप नायिकाको नाम आएको छ। उनी हुन्, प्रियंका चोपडा। प्रियंका २ वर्षदेखि हलिउड प्रोजेक्टमा नै व्यस्त छिन्। तर, अचानक उनको विवाहको खबरले भने भारतीय...
नेपाल समाचार पत्र बैशाख १९,
विराटनगर । ३३ केजी सुन प्रकरण र सनम शाक्य हत्या अभियोगको अनुसन्धान गरिरहेको प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले आज बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान मिति सकिनु ३ दिनअघि नै मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने भएको हो।
उक्त सुन तस्करी प्रकरणमा हालसम्म २८ जना पक्राउ...
बैशाख १८,
काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको छ । उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा थप उपचार भइरहेको छ । बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा। देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो । अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । ‘डा. देवकोटाको उपचार यसै...









