भक्तपुरमा यसरी पक्राउ परे केसी

454

बैशाख २०,
भक्तपुर । महानगरिय प्रहरी वृत्त जगातीले लागुऔषध मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु बस्ने बर्ष ४१ को ईन्द्र के.सी.लाई पक्राउ गरेको हो । फरार केसीलाई जिल्ला अदालत भक्तपुरले २०७२ चैत ७ गतेको फैसला अनुसार ११ महिना कैद र पाँच हजार जरिवाना हुने ठहर गरेको थियो । बिहिबार जगातीबाट पक्राउ गरेका उनलाई जिल्ला अदालत भक्तपुरको आदेशले कारागार कार्यालय डिल्लीबजार काठमाडौ चलान गरिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् ।