बैशाख २२,
काठमाडौं । अमेरिकाको हवाइस्थित विशाल टापुमा ज्वालामुखी विस्फोटको दोस्रो दिन शक्तिशाली भूकम्प गएको छ । ज्वालामुखी गएको दक्षिण पूर्वी क्षेत्रमा शनिबार ६।९ म्याग्निच्यूडको भूकम्प गएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । अमेरिकी इतिहासमा यो सन् १९७५ पछिकै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्पलगत्तै केही समय विद्युत् सेवा अवरुद्ध भएको थियो भने मानिसहरुलाई घरबाहिर सुरक्षित स्थानमा जान सूचित गरिएको...
बैशाख २२,
काठमाडौं– कांग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टी पदाधिकारी मनोनयनप्रति तीब्र असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत केसीले देउवा निरंकुश कब्जाकै बाटोमा उन्मुख भएको टिप्पणी गरेका छन् । देउवाको गलत निर्णय रोक्न आफूले हरसम्भव प्रयास गर्दा पनि त्यो सम्भव हुन नसकेको उनको भनाई छ ।
उनले भनेका छन्, ‘हरसम्भव...
बैशाख २१,
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी शुरु गरेको छ ।
यहाँको शक्तिखोर, सिद्धिलगायत पहाडी क्षेत्रको पर्यटन विकासका लागि नगरपालिकाले झण्डै रु दुई करोड रकम विनियोजन गरेर काम थालेको नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
शक्तिखोरको पहाडी पर्यटकीय क्षेत्रमा जाने सडक र बाटोघाटो निर्माण एंव प्रचारप्रसारलाई तीव्रता दिनेगरी कार्यक्रम शुरु गरिएको नगरपालिकाले...
बैशाख २२,
पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घर बनाउने जग्गा खोज्दै जन्मथलो कास्कीको ढिकुरपोखरीमा पुगेका छन् । माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रचण्ण्ड आफ्नो परिवार बस्ने घर बनाउनका लागि जग्गा खोज्दै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे पुगेका हुन् ।
उनी शनिबार विहान पत्नी सीता दाहाल, छोरी गंगा दाहाल रनातिसहित लेवाडे पुगे । त्यहाँ उनले...
बैशाख २२,
काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४५ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६०औँ र तिलगंगा खण्डको वाग्मती सफाइको १६३औँ हप्ताको सफाइ संयुक्तरुपमा तिलगंगा क्षेत्रमा गरी १० मेट्रिकटन फोहर व्यवस्थापन भयो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइलगायत संस्थाका...
Kathmandu, May 4 (RSS): Manoj Lamichhane has been re-elected the chairperson of Rastriya Samachar Samiti (RSS) Employees' Association.
The general assembly of the Association on Friday unanimously elected a 15-member new working committee under the chair of Lamichhane.
Other office-bearers elected are Kedar Prasad Timilsina (vice-chairperson), Pabitra Guragain (inclusive vice-chairperson), CB Adhikari (general secretary), Kumar Chaulagain (secretary), Chhabilal Kumal...
बैशाख २१,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते नेपाल आउने भएका छन् । प्रधानमन्त्री मोदीलाई सोही दिन काठमाडौंको टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिनेछ ।
भ्रमणकाक्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री ओलीले...
बैशाख २१,
काठमाडौं । सरकारले काठमाडौंको नयाँ बसपार्कमा रहेका विभिन्न यातायात समितिका टिकट काउन्टरहरु हटाउने निर्णय गरेको छ ।
नयाँ बसपार्कमा सन्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय शुक्रबार यातायात व्यवस्था विभागले गरेको हो ।
विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टरहरु हटाउन निर्देशन दिएको भने त्यसका लागि सहयोग गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ...
बैशाख २१,
काठमाडौं । भोली शनिबार हुने एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनका अध्यक्ष पदका उम्मेदवार मणि कुँवरले चुनाव बहिष्कार गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्षका उम्मेदवार कुँवरले विधि र विधानअनुसार चुनाव नगरिएको भन्दै चुनाव बहिष्कारको घोषणा गरेका हुन् । यद्यपि उनले चुनाव बहिष्कार गरेको नभई चुनावी प्रक्रियामा सहभागी नहुने निर्णय मात्र गरेको बताएका छन्...
बैशाख २१,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान विपरित पदाधिकारी मनोनय गर्ने निर्णय गरेको भन्दै असन्तुष्ठ पदाधिकारी र केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताले केन्द्रीय समितिको बैठक बहिष्कार गरेका हुन् । शुक्रबार पदाधिकारी मनोनयन गर्नका लागि सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यको बैठक बोलाएलगत्तै असन्तुष्ट समुहले विरोध...










