Monday, September 21, 2026
Home समाचार दलितबस्ती मदिरा निषेधित क्षेत्र

दलितबस्ती मदिरा निषेधित क्षेत्र

603

बैशाख २१,
बर्दिवास । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरको दलित बस्तीका बासिन्दाले बिहीबार आफ्नो बस्तीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा रेडियो गौशाला ९३.६ मेगाहर्ज महोत्तरीले आयोजना गरेको मदिरा निषेधित क्षेत्र घोषणा तथा शैक्षिक जागरण अभियान–२०७५ मा त्यहाँका ९५ घर दलितले आफ्नो बस्ती अब पूर्णरुपमा मदिरा निषेधित क्षेत्र भएको घोषणा गरेका हुन् । मुसहर ६० र चमार ३५ गरी जम्मा ९५ घरका दलितले मदिराको कारण घर÷घरमा रडाको बढ्ने र आर्थिक क्षति हुने भएकाले बस्तीमा अब मदिरा पूर्ण निषेध गरिएको बताएका थिए । पुरुषभन्दा महिलाको निकै बढी सहभागिता देखिएको घोषणा समारोहमा महिलाले एक स्वरले ‘मदिरा अब चल्दैन’ भन्दा पुरुषले ‘चल्दैन–चल्दैन’ भन्दै सहमति जनाएका थिए ।