Thursday, September 24, 2026
Home समाचार उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन

उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन

160

बैशाख २२,
काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४५ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६०औँ र तिलगंगा खण्डको वाग्मती सफाइको १६३औँ हप्ताको सफाइ संयुक्तरुपमा तिलगंगा क्षेत्रमा गरी १० मेट्रिकटन फोहर व्यवस्थापन भयो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइलगायत संस्थाका गरी ३०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले राससलाई जानकारी दिनुभयो ।
वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सफाइ अभियान शुरु भएपछि बाटो हिँड्न सकिने भएको अनुभव सुनाउनुभयो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२१औँ हप्ताको कार्यक्रमअन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित वाग्मती उत्तरतिर बगेको कान्तिभैरव मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । उत्तरबाहिनीसमेत भनिने यो क्षेत्र शास्त्रीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।