शेरबहादुर देउवा निरंकुश भएबमे कांग्रेस नेता अर्जुन नरसिंह केसीको आरोप

441

बैशाख २२,
काठमाडौं– कांग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टी पदाधिकारी मनोनयनप्रति तीब्र असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत केसीले देउवा निरंकुश कब्जाकै बाटोमा उन्मुख भएको टिप्पणी गरेका छन् । देउवाको गलत निर्णय रोक्न आफूले हरसम्भव प्रयास गर्दा पनि त्यो सम्भव हुन नसकेको उनको भनाई छ ।
उनले भनेका छन्, ‘हरसम्भव प्रयास गर्दा पनि सहमति र बैधानिक बाटोमा पार्टीलाई ल्याउन सकिएन,पार्टी नेतृत्व निरंकुशता र पार्टी कब्जा कै बाटोमा उन्मुख देखियो।’
कांग्रेस सभापति देउवाले शुक्रबार उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गरेका थिए । मनोनयनलाई लिएर कांग्रेसभित्र विवाद थप बल्झिएको बताइएको छ ।