‘आन्तरिक कलहमा कांग्रेस’

285

बैशाख २१,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान विपरित पदाधिकारी मनोनय गर्ने निर्णय गरेको भन्दै असन्तुष्ठ पदाधिकारी र केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताले केन्द्रीय समितिको बैठक बहिष्कार गरेका हुन् । शुक्रबार पदाधिकारी मनोनयन गर्नका लागि सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यको बैठक बोलाएलगत्तै असन्तुष्ट समुहले विरोध गर्दे आएका थिए । पौडेल समुहले महाधिवेशनको २ बर्षपछि पदाधिकारी मनोनयन गर्नु विधान विपरित हुने भन्दै विरोध गरेको हो । विधानमा महाधिवेशनको २ महिना भित्र पदाधिकारी मनोनय गर्नुपर्ने व्यवस्था छ । नेता पौडेलले नेपाली कांग्रेसको विधानको धारा ४९ को १९ बमोजिम महाधिवेशनको दुई महिना भित्रमा गर्नुपर्ने नियुक्ति दुईबर्ष पछि गर्न प्रक्रिया नमिलेकाले केन्द्रीय समितिको पुर्ण बैठक बसेर सहमति गरेपछि मात्रै गर्न आफुले दिएको सुझावलाई सभापतिले वेवास्ता गरेको भन्दै आपत्ति जनाए ।
सभापति पार्टी विधान विपरित गएकाले आफुहरुले अबैधानिक कामको विरोधको जनाउ दिँदै बैठक बहिष्कार गरेको प्रतिक्रिया दिए । पौडेल पक्षीय नेताहरुको बैठक बहिष्कारका बाबजुद सभापति देउवाले पदाधिकारी नियुक्ति गरेका हुन् ।