जेठ ७,
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएका छन्। ग्यास्ट्रिकको बिरामी रहेका घिमिरेको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। ुग्यास्ट्रोको समस्या भएर अस्पताल आउनुभएको होु अस्पतालका प्रवत्ता विनोद अधिकारीले भने, ‘उहाँ पहिलेदेखि नै यसको बिरामी हुनुहुन्छ। उपचारपछि आजै घर फर्किनु हुनेछ।’ उमेरले एक शताब्दी पुग्न लागेका राष्ट्रकवि घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो। ...
नयाँ पत्रिका दैनिक जेठ ७,
काठमाडौं । सरकारले मलेसिया जाने कामदार ठगी गर्ने संस्थाहरूमाथि कारबाही सुरु गरेको छ । राहदानी संकलन, भिसा प्रोसेसिङ, प्रहरी रिपोर्ट तयार गर्ने आइएससी, मेडिकल रजिष्ट्रेसन ९माइग्राम्स० र स्वास्थ्य परीक्षण ९बायोमेट्रिक०का नाममा कामदारबाट अर्बौँ रुपैयाँ ठगी गर्ने संस्थाका सञ्चालकमाथि कारबाही थालिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंले ठगीमा संलग्न ४८ जनालाई आइतबार पक्राउ गरेको प्रवक्ता डिएसपी मोहन थापाले बताए ।...
कान्तिपुर दैनिक- जेठ ७,
काठमाडौँ — सरकारले करिव १२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश मन्त्रालयको संगठन संरचनासम्बन्धि प्रस्ताव स्वीकृत गरेको छ । झापा शान्तिनगरदेखि धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौंडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा र रुपालसम्म पुग्ने राजमार्ग...
नागरिक दैनिक- जेठ ७,
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रूपमा एमाले धनी रहेको पाइएको छ। एमालेको दैनिक आम्दानी करिब चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन। माओवादी उल्टै १३ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ। दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसाबकिताब संकलन गर्ने क्रममा यस्तो...
कान्तिपुर- जेठ ७,
काठमाडौँ । केन्द्रिय सरकारले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत गरेको छ । जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन अफ अमेरिकाको निम्तोमा राउत अमेरिकामा जाने तयारीमा थिए । २ नम्बर प्रदेशभित्रै आर्थिक वर्ष २०७५र७६ को बजेट र नीति तथा कार्यक्रम तयार गर्नुपर्ने भएकाले भ्रमणमा जान अनुपयुक्त देखिएकाले भ्रमण अस्वीकृत गरिएको सरकारका प्रवक्ता सञ्चार तथा...
जेठ ६,
काठमाडौं । चितवनको खैरेनी नगपालिका वडा नम्बर ३ मा रहेको सैनिक आवासिय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्या गर्ने प्रयास भएको भन्दै पीडित परिवारले सत्य तथ्य बाहिर आउनुपर्ने माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर गत बैशाख २८ गते लामिछानेलाई राति ३ बजे सोही स्कुलमा पढ्ने कृष थापा, रिवाज रेग्मी...
जेठ ६,
काठमाडौं । मुक्तिनाथ दर्शनका लागि मुस्ताङको मुक्तिनाथ पुगेका एक भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ ।
आइतबार मुक्तिनाथ दर्शन गर्न जोमसोमबाट त्यसतर्फ जाँदै गर्दा भारतीय नागरिक ४५ वर्षीय श्रीवाचनको मृत्यु भएको हो । भारतको आन्ध्र प्रदेश एवी गुन्टुक घर भएका श्रीवाचन लेक लागेर बाटैमा ढलेपछि उपचारका क्रममा जोमसोम जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा...
Kathmandu, May 20 (RSS): The government is set to open Tribhuvan International Airport, the only international airport of the country, 21 hours a day from Monday. The operation period is from 6:00 am to 3:00 am. This aims to manage and facilitate passengers, make international flights more effective and minimise problems like obstruction due to minor general plane accidents...
जेठ ६,
भक्तपुर । प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको निधन भएको आइतबार सातौं दिन भएको छ । उहाँको गत वैशाख ३१ गते काठमाडौ मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उहाँको घरमा हाल हिन्दु परम्परा अनुसार मृत्यु संस्कार भइरहेको छ । भक्तपुरको तेतकोट स्थित घरमा श्रीमती निर्मला, छोरा कृष्ण शरण लामिछानेलाई यो दुःखको घडिमा सहानुभूती दिन...
जेठ ६,
म्याग्दी । मंगला गाउँपालिका–१ कुहुँको चण्डीका भिरमा आइतबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बाबियाचौरदेखि बालुवा बोकेर कुहुँतर्फ जाँदै गरेको ना ६ त ३३२८ नं को ट्र्याक्टर सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परी सहचालक मंगला गाउँपालिका–१ कुहुँका २२ वर्षीय सुशील भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









