Home Blog Page 2020
जेठ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको बाम सरकारले आफ्नो नीति तथा कार्यक्रम सोमबार संसदमा सार्वजनिक गरेको छ । सरकारले आगामी दिनहरुमा गर्ने गतिविधिको घोषणा नै निति तथा कार्यक्रम हो । सरकारको यो वर्षको नीति तथा कार्यक्रममा देशको कायापलट गर्ने खालको हुने योजना ल्याएको प्रधानमन्त्री केपी शर्मा ओली भनाई छ । अबको बजेटमा अर्थतन्त्रको संरचनामा परिवर्तन ल्याउने गरी आफ्ना...
जेठ ७, काठमाण्डौ । चंखे शंखे पंखे प्रेमगीत र प्रेमगीत २ फिल्मका निर्माता सन्तोष सेन पुनः नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनी मलमास सकिए लगत्तै नयाँ प्रोजेक्टको छायांकन सुरु गर्दैछन् । यतिबेला फिल्मका लागि गीत रेकडिङको काम भइरहेको छ । युवा स्टार प्रदीप खड्कासँग लगालग दुई फिल्म गरेका सन्तोषले यसपटक भने आफ्नै ६ वर्षिय छोरा आयूब सेनलाई डेब्यू गराउँदैछन्...
जेठ ७, काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शैलेन्द्र थापा क्षेत्री नियुक्त भएका छन्। प्रहरी प्रधान कार्यालयले तत्कालिक प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेलाई शक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेपछि प्रहरी प्रधानकार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका थापालाई केन्द्रिय प्रवक्ताको जिम्मा दिएको हो।
जेठ ७, काठमाडौं । सरकारले चिनिया भाषामा नेपाल टुरिजम वेबसाईट संचालनमा ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले चिनियाँ भाषामा तयार पारिएको नेपाल टुरिजम वेबसाईटको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त रुपमा उदघाटन गरे। कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले चिनिया पर्यटकहरुको गुणात्मक वृद्धि गर्न...
जेठ ७, काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो बरियता घटाइएकोमा आपत्ति जनाएका छन्। उनले आज बसेको सचिवालय बैठकमा यस्तो बताएका हुन्। एकतापछि कसरी अघि बढ्ने भनेर छलफल गर्न नेकपाको सचिवालय बैठक डाकिएको थियो।
जेठ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपाले० यस अघिका दुई दल नेकपा एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठन हटाएर एकीकृत गर्न १५ दिनको समय राखेको छ। सोमबार बालुवाटरमा बसेको पहिलो सचिवालय बैठकले तीन कार्यदल गठन गरेको हो। नियम मस्यौदा कार्यदल, सातै प्रदेश र प्रदेश कमिटी कार्यदल र जनवर्गीय कमीटी कार्यदल गठन गरिएको पार्टी प्रवक्त नारायणकाजी श्रेष्ठले बताएका छन्।...
जेठ ७, काठमाडौं । उपत्यकामा सवारी दुर्घटनाबाट ०७२ साल यता ४९७ जनाले ज्यान गुमाएका छन्। उपत्यकामा हुने दैनिक साना ठूला घटना गरि तीन वर्षमा ४९७ जनाले ज्यान गुमाएका हुन्। सवारी दुर्घटनाबाट ६६० गम्भीर घाइते र आठ हजार २०० जना समान्य घाइते भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार उपत्यकाका दैनिक १५ भन्दा बढी सवारी...
जेठ ७, भद्रपुर । दक्षिणी झापाको कचनकवल गाउँपालिका–४ स्थित पक्लीभिट्टामा आगलागी हुँदा आठ घरमा पूर्ण क्षति भएको छ। शाह आलमको घरबाट आइतबार राति ११ बजे विद्युत् सर्ट भई सल्किएको आगोले छेउछाउका आठ वटामा पूर्ण र पाँच वटा घरमा आंशिक क्षति भएको प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक उदय सम्सेर जबराले जानकारी दिए। ‘राति आगो लागेकाले धेरै क्षति...
जेठ ७, काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य भिम रावलले नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेर आफ्नो असन्तुष्टि जनाएका छन्। पार्टी एकिकरणका क्रममा योग्य र सिनियर नेताहरुको मर्याक्रम मिचिएको भन्दै रावलले आपत्ति जनाएका हुन्। ९ सदस्यीय सचिवालय टिममा नपरेपछि असन्तुष्ट रहेका एमाले नेता रावलले केन्द्रिय सदस्यका लागि एमालेबाट मनोनयन गरिएका ४५ जनाको नाममा आपत्ति जनाएका...
जेठ ७, ओखलढुंगा । दोस्रो चरणको स्थानीय तहको निर्वाचन भएको १० महिना बित्यो। निर्वाचनपछि नागरिकले प्रदेश र स्थानीय तहका गाउँगाउँमा सिंहदरबार पाए। स्थानीय तहमै २० वर्षपछि आफ्ना समस्या सुनाउने आफ्नै जनप्रतिनिधि पाए। कर्मचारीले चलाउँदै आएको स्थानीय तह आफैँले चुनेर पठाएका प्रतिनिधिको हातमा पुग्यो। स्थानीय तहमा जनप्रतिनिधि आएबाट सर्वसाधारणका समस्या समाधानमा अलिक सरल महसुस भएको छ।अहिले आफ्ना समस्या सहज...