२ नम्बर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत

160

कान्तिपुर- जेठ ७,
काठमाडौँ । केन्द्रिय सरकारले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत गरेको छ । जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन अफ अमेरिकाको निम्तोमा राउत अमेरिकामा जाने तयारीमा थिए । २ नम्बर प्रदेशभित्रै आर्थिक वर्ष २०७५र७६ को बजेट र नीति तथा कार्यक्रम तयार गर्नुपर्ने भएकाले भ्रमणमा जान अनुपयुक्त देखिएकाले भ्रमण अस्वीकृत गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।