Sunday, September 27, 2026
Home समाचार राष्ट्रकवि घिमिरे अस्वस्थ

राष्ट्रकवि घिमिरे अस्वस्थ

729

जेठ ७,
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएका छन्। ग्यास्ट्रिकको बिरामी रहेका घिमिरेको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। ुग्यास्ट्रोको समस्या भएर अस्पताल आउनुभएको होु अस्पतालका प्रवत्ता विनोद अधिकारीले भने, ‘उहाँ पहिलेदेखि नै यसको बिरामी हुनुहुन्छ। उपचारपछि आजै घर फर्किनु हुनेछ।’ उमेरले एक शताब्दी पुग्न लागेका राष्ट्रकवि घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो।