दुर्घटनामा भण्डारीको मृत्यु

183

जेठ ६,
म्याग्दी । मंगला गाउँपालिका–१ कुहुँको चण्डीका भिरमा आइतबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बाबियाचौरदेखि बालुवा बोकेर कुहुँतर्फ जाँदै गरेको ना ६ त ३३२८ नं को ट्र्याक्टर सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परी सहचालक मंगला गाउँपालिका–१ कुहुँका २२ वर्षीय सुशील भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।