जेठ ११,
भक्तपुर । ३ नम्बर प्रदेशका सांसद शसिजंग थापाले भक्तपृरको सूर्यविनायक नगरपालिकाको विकाश गर्न तीन काजीहरु मिल्नु पर्ने बताएका छन् । सूर्यविनायक नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले स्थानीय तह, प्रदेश र संघीय तह एक भएर लाग्नु पर्ने बताए । थापाले तीन काजी भन्दै सांसद महेश बस्नेत, आफु र नगरपालिकाका प्रमुख बाशुदेव...
जेठ ११,
काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा हाँस्य विदामा नयाँ नयाँ स्वादका गीत प्रस्तुत गर्दै आएका गायक श्रीकृष्ण लुईटेल बोकेदाह्रीको सुन सिक्री बोलको गीतले युटुवमा चर्चा बटुल्दै गरेको छ । बैदेशिक रोजगारीले ल्याएको विकृतिलाई गीत मार्फत देखाउन खोजेका उनलाई गायिका मनिषा पोखरेलले साथ दिएकी छिन् । सार्वजनिक भएको केही महिना हुदाँ यो गीत करिब १३ लाख भन्दा धेरै पटक...
जेठ १०,
असार २९ गतेलाई औपचारिक प्रदर्शन मिति घोषणा गर्दै अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ स्टारर फिल्म ‘बाबु कान्छा’ को पोष्टर सार्वजनिक गरिएको छ । एक पोष्टरमा करिश्मासँग सलोन रोमान्टिक मूडमा देखिएका छन् भने अर्कोमा करिश्मालाई फिल्मका कलाकारले बोकेका छन् । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको यसमा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय...
जेठ १०,
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको नीति र कार्यक्रम सुन्दर भए पनि लक्ष्य प्राप्तीको सैद्धान्तिक आधार कमजोर रहेको बताएका छन्। बिहीबार प्रतिनिधीसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले सरकारको नीति तथा कार्यक्रममा अत्यन्तै राम्रा सपनाहरू देखाईएको भए पनि ५ वर्षमा आय दोब्बर, कृषि उत्पादनलाई दोब्बर, ५ वर्षपछि वैदेशिक रोजगारीमा जानुनपर्ने लगायत विद्युत्, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा सरकारले लिएको...
जेठ १०,
लक्का जवान छोरा घरमै बसिरह्यो भने आमाबाबुले के भन्लान् ? जागिर खान सुझाव देलान् वा अन्य केही व्यवसाय गर्न भन्लान्। तर अमेरिकाका एक दम्पतीले छोरालाई घरबाट निकालिदिनु पर्यो भन्दै अदालतको ढोका ढक्ढकाएका छन्। अमेरिकाको न्यूयोर्क राज्यका केमील मार्क र क्रिस्टिनाले छोरा ३० वर्षीय मिचाल रोटान्डोलाई घरबाट निकाल्नका लागि अदालतमा मुद्दा दर्ता गरेका छन्। घरबाट बाहिर जान...
बिबिसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपति र राष्ट्रपति ट्रम्पबीचको भेटघाट मिलाउन गोप्य रुपमा चार लाख डलर लिएको बीबीसीले पत्ता लगाएको छ। गएको जुनमा ह्वाइट हाउसमा भएको उक्त भेटवार्ता मिलाउने काममा संलग्न किएभस्थित निकटस्थहरूले यस्तो खुलासा गरेका हुन्।युक्रेनी नेता पेट्रो पोरोसेन्कोको मध्यस्तकर्ताहरूको भूमिका खेलेका व्यक्तिहरूले उक्त रकमको व्यवस्थापन गरेका थिए। तर अमेरिकी कानूनले आवश्यक...
जेठ १०,
काठमाडौं । सामाजिक संजाल सगुन डटकमका प्रयोगकर्ताहरु बढ्दै गएका छन् । भारत, नेपाल लगायतको देशमा यसका प्रयोगकर्ताहरु एप सार्वजनिक भएसगै द्रुत गतिमा बढिरहेको सगुनले जनाएको छ । भारतमा मात्र यसका प्रयोगकर्ता १ मिलियन भन्दा बढी यस अघि नै पुगिसकेका छन । अमेरिकामा दर्ता भएको सगुनले ग्लोबल मार्केटमा मिनी आइपिओ मार्फत तेस्रो चरणको सेयर निष्काशन गरी लगानी भित्राइरहेको छ...
जेठ १०,
लन्डन । फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो । फेसबुकले आफ्ना प्रयोगकर्ताको नग्न तस्वीर किन मागेको होला रु धेरैको मनमा स्वाभाविक रुपमा प्रश्न उब्जिन सक्छ । तर प्रयोगकर्ताकै सुरक्षाका लागि यसरी नग्न तस्वीर मागिएको फेसबुकले...
जेठ १०,
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले सामाजिक विकृति र सुरक्षा चुनौतीको रुपमा देखिएको मेला जात्रालाई कडाइ गर्ने नियम बनाएको छ । हालै भएको दोस्रो गाउँसभाले मेला महोत्सव आयोजना गर्न अनिवार्य अनुमति लिनुपर्ने र पाँच दिनभन्दा बढी समय लगाउन नपाउने नियम पारित गरेको हो । सबैजसो बस्तीमा विभिन्न चाडपर्वमा दशदेखि पन्ध्र दिनसम्म मेला जात्रा लगाउने चलनले सामुदायिक विद्यालयको पठनपाठन...
जेठ १०,
डडेल्धुरा । डडेल्धुरा जिल्लाको सदरमुकामस्थित बागबजार क्षेत्रमा खानेपानीको अभाव भएको छ । पछिल्लो समयमा गर्मी बढ्नुका साथै जलवायु परिवर्तनका कारण खानेपानीका मुहान सुकेर पानी कम हुन थालेपछि जिल्ला सदरमुकाममा पानी अभाव भएकोे हो । सदरमुकामवासी जिल्ला नजिक रहेको खानेपानीको मूलमा धाउन बाध्य बनेका छन् । मूल तथा खोलाको फोहर पानीका लागि समेत लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता...










