तीन काजी नमिलेसम्म सूर्यविनायक नगरको विकाश हुदैंन

570

जेठ ११,
भक्तपुर । ३ नम्बर प्रदेशका सांसद शसिजंग थापाले भक्तपृरको सूर्यविनायक नगरपालिकाको विकाश गर्न तीन काजीहरु मिल्नु पर्ने बताएका छन् । सूर्यविनायक नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले स्थानीय तह, प्रदेश र संघीय तह एक भएर लाग्नु पर्ने बताए । थापाले तीन काजी भन्दै सांसद महेश बस्नेत, आफु र नगरपालिकाका प्रमुख बाशुदेव थापाको नाम लिएका थिए । उनले एक वर्षको समयमा जनप्रतिनिधिहरुको लागि कानुन बनाउने र सिक्ने समय भएकाले पहिलो वर्षमै लागी गर्न नहुने समेत बताए । कार्यक्रममा बोल्दै प्रदेश सांसस थापाले नगरप्रमुखले काम गर्दा आफु र महेश बस्नेतसंग सहकार्य गर्दा नगरविकाशमा टेवा पुग्ने दाबी गरे ।