फेसबुकले नै माग्न थाल्यो प्रयोगकर्तासँग नग्न तस्वीर

419
सांकेतिक तस्विर

जेठ १०,
लन्डन । फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो । फेसबुकले आफ्ना प्रयोगकर्ताको नग्न तस्वीर किन मागेको होला रु धेरैको मनमा स्वाभाविक रुपमा प्रश्न उब्जिन सक्छ । तर प्रयोगकर्ताकै सुरक्षाका लागि यसरी नग्न तस्वीर मागिएको फेसबुकले प्रष्ट पारेको छ । कतिपय प्रयोगकर्ताहरु कसैको बदलाको भावनाबाट शिकार बन्दै आएको उल्लेख गर्दै फेसबुकले त्यस्ता प्रयोगकर्तालाई जोगाउनका लागि नग्न तस्वीर मागिएको जनाएको छ ।