Home Blog Page 2014
जेठ ११, काठमाडौँ । विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति ः काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताए । काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सोच र संगठनमा परिवर्तन...
जेठ ११, भक्तपुर । रिर्सोटमा लगेर युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरका एक युवकलाई पक्राउ गरेर भक्तपुर ल्याएको छ । २७ वर्षकी दिनु ( परिर्वतित नाम) लाई जबरजस्ती करणी गरेको आरोप लागेका ललितपुर महालक्ष्मी नगरपालिका– ७, बस्ने बर्ष ३७ को विक्रम बस्नेतले पक्राउ गरेको हो । बस्नेतले गत पुस ५ गते राती करिब नौ बजेको समयमा अरनिको राजमार्ग स्थित...
जेठ ११,काठमाडौं । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार... नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो । संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा आज उहाँले भन्नुभयो, “सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी...
जेठ ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् । आफ्नो नेतृत्वको पार्टीको नाम मिल्ने गरी नयाँ दल दर्ता गरिएको भन्दै उनी आयोग गएका हुन् । उनले आयोगलाई बुझाएको उजुरी संचारमाध्यममा पनि इमेल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी संविधानको धारा २६९ अनुसार पहिला नै...
जेठ ११, काठमाडौं । संसदीय राजनीतिको भाषामा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मधुमास पूरा गरेको छ । सरकार गठन भएको शुरुआती एक सय दिनलाई हनिमुन अवधि अर्थात मधुमास भन्ने गरिन्छ । संसदीय परम्परामा सय दिनसम्म विपक्षीले पनि सरकारको आलोचना गर्दैन । तत्कालिन नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनका नेता ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । यसबीचमा...
जेठ ११, झापा । दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ । भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित विद्यार्थी भर्ना गर्न नमानेपछि गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाईं र प्राचार्य राजन तिवारीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव ९कसुर र सजाय० ऐन—२०६८ बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको...
जेठ ११, बिबिसी । मलेसियाको लागि भिसा लिन चाहाने नेपाली कामदारहरूले अझै केही समय कुर्नु पर्ने अधिकारीरूले बताएका छन्। नेपाली कामदार मलेसिया जाने प्रकृया मलेसियाली दूतावासले बन्द गरिदिएपछि हजारौं कामदारहरुको भिसा प्रक्रिया प्रभावित हुन पुगेको व्यवसायीहरूले बताएका छन्। कामदारसँग लिने गरिएको अतिरिक्त शुल्क बन्द गर्न पहल थालेको सरकारले भने उक्त प्रक्रिया बन्द नभएसम्म पछि नहट्ने जनाउँदै मलेसिया सरकारसँग कूटनीतिक पहल थालिएको...
जेठ ११, पाल्पा । कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् । त्यस्तै, उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद...
जेठ ११, बर्दिया । आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने...
जेठ ११, डडेल्धुरा । डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् । बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका हुन् । चट्याङबाट पर्शुराम–६ छेलाका २३ वर्षीया रेग्मादेवी...