Tuesday, May 19, 2026
Home Blog Page 2010
जेठ १६, काठमाडौँ । सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो । भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चलनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आवमा पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण आरम्भ...
जेठ १६, पाल्पा । कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटमा साथीहरुसँगै पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताउनुभयो । बेपत्ता बालकको अहिले खोजी कार्य भइरहेको छ ।
जेठ १६, गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ खेलिरहेको अवस्थामा टाउकामाथि पोल भाँचिएर खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१, बगडा गाउँ बस्ने मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।बालक यादव मंगलबार साँझतिर घरनजिकै रहेको खेतको छेउमा पहिलेदेखि आधा भाग...
जेठ १६, पाँचथर । पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट खसेर घाइते भएका...
जेठ १५, बझाङ । खेर गएको पिसाब संकलन गरी यहाँका एक कृषकले तरकारीखेती गरेका छन् । थलारा गाउँपालिका–६ का हर्कबहादुर विष्टले खेर गएको मान्छेको पिसाब संकलन गरी भाडाको जग्गामा तरकारीखेती गर्न थाल्नुभएको हो । मान्छेको पिसाब खेर गएको छ, खेर गएको पिसाबलाई संकलन गरेर आफूले एक वर्षदेखि संकलन गरी तरकारीमा प्रयोग गर्न थालेको उहाँले बताउनुभयो । हर्कबहादुरले भन्नुभयो अरुले...
जेठ १५, डडेल्धुरा । आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हँुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ । डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा रहेको जिल्ला...
जेठ १५, काठमाडौँ । नेपाल सरकारले आज आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन् । https://www.youtube.com/watch?v=FSCSfXVs1P8अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार...
जेठ १५, आइतबार राती रोटेपिङबाट खसेर १० वर्षीया बालिकाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन बालबालिकासहित अन्य ६ जना गम्भीर घाइते भएका छन् । यो घटना भारतको आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भएको हो । प्रत्यक्षदर्शीका अनुसार ८० फिटमाथि रहेको क्याबिन भाँच्चिदा अम्रुथाको घटनास्थलमा नै मृत्यु भएको हो । रोटेपिङ चालकलाई क्याबिनको बोल्ट लुज भएको जानकारी दिएपनि रक्सी पिएकाले...
जेठ १५, भक्तपुर ।  जेठ महिनाको मध्य घाममा मानिसहरु शितल खोज्दै छहारी तिर लाग्छन । तर एक हुल किसान भने पसिना पुछदैं हरियो सागबारी वरपर काम गरिरहेका छन् । तेही हुलमा छन् दुई दम्पति किसान । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का ५४ वर्षिय राजकुमार श्रेष्ठ उनकी ५२ वर्षकी श्रीमती अष्टलक्ष्मी श्रेष्ठ धमाधम धानको बिउ राख्न ब्याड तयार बनाउदैं...
जेठ १५, काठमाडौं । आज ११औ‌ं गणतन्त्र दिवस। २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो। राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्दै मुलुकको प्रमुख पदमा जनताबाट निर्वाचित प्रतिनिधि रहने व्यवस्था गरिएको दिनको सम्झनामा गणतन्त्र दिवस मनाउँदै आइएको छ। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व...