देशमा आज ११औ‌ं गणतन्त्र दिवस मनाइदैं

192

जेठ १५,
काठमाडौं । आज ११औ‌ं गणतन्त्र दिवस। २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो। राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्दै मुलुकको प्रमुख पदमा जनताबाट निर्वाचित प्रतिनिधि रहने व्यवस्था गरिएको दिनको सम्झनामा गणतन्त्र दिवस मनाउँदै आइएको छ। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ठ चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ। अब राज्यको नेतृत्व पंक्ति उक्त दायित्व पूरा गर्न अग्रसर हुनपर्दछ। मलाई विश्वास छ, सम्बद्ध सबै पक्षलाई देशको आवश्यकता र जनताको सामयिक आकांक्षालाई मूर्तरुप प्रदान गर्न सफलता मिल्न सकोस् भन्ने कामना गरेकी छन्।