Thursday, October 8, 2026
Home अन्तर्राष्ट्रिय रोटेपिङबाट खसेर १० वर्षीया बालिकाको मृत्यु, (भिडियो सहित)

रोटेपिङबाट खसेर १० वर्षीया बालिकाको मृत्यु, (भिडियो सहित)

152

जेठ १५,
आइतबार राती रोटेपिङबाट खसेर १० वर्षीया बालिकाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन बालबालिकासहित अन्य ६ जना गम्भीर घाइते भएका छन् । यो घटना भारतको आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भएको हो । प्रत्यक्षदर्शीका अनुसार ८० फिटमाथि रहेको क्याबिन भाँच्चिदा अम्रुथाको घटनास्थलमा नै मृत्यु भएको हो । रोटेपिङ चालकलाई क्याबिनको बोल्ट लुज भएको जानकारी दिएपनि रक्सी पिएकाले त्यसबारे केही चासो नदिएकाले उक्त घटना भएको बताइएको छ । दुर्घटनापछि स्थानीयले ती चालकलाई निर्घात कुटेको बताइएको छ । पछि उनलाई पुलिसलाई सुम्पिएको पनि जानकारीमा उल्लेख छ ।