रोटेपिङबाट खसेर १० वर्षीया बालिकाको मृत्यु, (भिडियो सहित)

142

जेठ १५,
आइतबार राती रोटेपिङबाट खसेर १० वर्षीया बालिकाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन बालबालिकासहित अन्य ६ जना गम्भीर घाइते भएका छन् । यो घटना भारतको आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भएको हो । प्रत्यक्षदर्शीका अनुसार ८० फिटमाथि रहेको क्याबिन भाँच्चिदा अम्रुथाको घटनास्थलमा नै मृत्यु भएको हो । रोटेपिङ चालकलाई क्याबिनको बोल्ट लुज भएको जानकारी दिएपनि रक्सी पिएकाले त्यसबारे केही चासो नदिएकाले उक्त घटना भएको बताइएको छ । दुर्घटनापछि स्थानीयले ती चालकलाई निर्घात कुटेको बताइएको छ । पछि उनलाई पुलिसलाई सुम्पिएको पनि जानकारीमा उल्लेख छ ।