जीप दुर्घटनामा वडाध्यक्षसहित चारको मृत्यु

241
फाइल तस्बिर

जेठ १५,
डडेल्धुरा । आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हँुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ । डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

जीपमा ११ जना सवारमध्ये सात जना घाइते भएकामा दुई जनालाई उपक्षेत्रीय अस्पतालबाट अन्यत्र उपचारका लागि सिफारिस गरी पठाइएको छ भने अन्य पाँच जनाको उपक्षेत्रीय अस्पताममा नै उपचार भइरहेको अस्पतालले जनाएको छ । घाइते करुणकुमार यादव र विष्णु विकलाई थप उपचारका लागि सिफारिस गरिएको छ । घाइतेको खुट्टा, टाउको, कम्मर र हातमा चोटपटक लागेको अस्पतालले जनाएको छ सिलगढीवाट धनगढीका लागि छुटेको उक्त जीप डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको केआइसिंह राजमार्गको गजरौला नजीक दुर्घटना भएको हो । जीपमा सवार सबैको सनाखत भइसकेको छ ।