Tuesday, May 19, 2026
Home Blog Page 2007
जेठ १७, काठमाडौं । ७० वर्षदेखि विभाजनको पीडा झेल्दै आएको नेपाल कम्युनिस्ट पार्टी पुनर्गठित भएको छ। गएको जेठ ३ गते पार्टी एकीकरण गरेको नेकपाले मातहतका पार्टी कमिटी र जनवर्गीय संगठनहरूको समायोजन गर्नका निम्ति कार्यदल निर्माण गरी एकता प्रक्रिया अगाडि बढाएको छ। यस सन्दर्भमा नेकपाले अन्तरपार्टी निर्देशनसमेत पठाएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २१ पेज लामो...
जेठ १७, ओखलढुंगा । सिद्धिचरण नगरपालिकाको जग्गा उच्च अदालतलाई दिने निर्णय गरेको भन्दै ओखलढुंगा सिद्धिचरण नगरपालिकाका जनप्रतिनिधिहरुको चर्को विरोध भएको छ । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ, उपप्रमुख ईच्छा गुरुङ, प्रदेशसभा सदस्य अमिरबाबु गुरुङ र प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार समेतको संलग्नतामा उच्चअदालत ओखलढुगाका कर्मचारीहरुलाई प्रभावित बनाएर मापदण्ड विपरितको जग्गा किनबेच गरेर आर्थिक घोटाला गर्न खोजेको स्थानीयले बताइएका छन् । उच्च अदालत...
जेठ १७, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिमा विभिन्न सरोकारवालालाई एक दिने बीमा अभिमुखिकरण कार्यक्रम यहिँ सोमबार सम्पन्न भएको छ । युरोपियन युनियन, DCA , ADRA, VSO, FSCN साझेदारी एवं चाँगुनारयाण नगरपालिकाको समन्वयमा संचालित प्रगति परियोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा निजि क्षेत्रका लागि बिमा सम्बन्धी अभिमुखिकरणमा नगरकोट नाल्दुम पर्यटन बिकास समिती, इट्टाभट्टा ब्यबसायी, सहकारी, बीमा कम्पनी,...
जेठ १७, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरापलिकामा जनप्रतिनिधिहरुले निर्वाचित भएर सपथ लिएको विहिबार एक वर्ष पुरा भएको छ । नगरपालिकाले एक वर्षको अवधिमा लक्ष्यभन्दा ७३ प्रतिशत बढि राजस्व उठेको जानकारी दिएको छ । दोश्रो नगरसभाबाट संसोधित आन्तरिक आय चार करोड चौवालिस लाख नब्बे हजार) को अनुमान गरिएकोमा हालसम्म सात करोड अठसठ्टी लाख छयानब्बे हजार आठसय उनान्चास रुपैया सत्ताइस पैसा...
जेठ १७, काठमाडौं । ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ ।गृहमन्त्री रामबहादुर थापाले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्न सरोकारवाला निकायलाई नाम संकलन गरी पठाउन निर्देशन दिएबमोजिम ७० जिल्लाबाट ठेकेदार र उनीहरु आवद्ध कम्पनीको नाम...
जेठ १७, काठमाडौं । मुलुकको अर्थतन्त्रले धान्नै नसक्ने गरी बर्सेनि बढ्दै गएको निवृत्तिभरण पेन्सन को बोझबाट मुक्ति पाउन सरकारले बजेट भाषणमार्फत सम्पूर्ण राष्ट्रसेवकको योगदानमा आधारित प्रणाली ‘पेन्सन फन्ड’ लागू गर्ने घोषणा गरेको छ । यसअघि पटक–पटक घोषणा गरिए पनि सरकारले ‘पेन्सन फन्ड’ लागू गर्न सकेको थिएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले संसद्मा बहुमत प्राप्त दलको दुई तिहाइ समर्थन पाएको...
जेठ १७, काठमाडौं । तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि गठन गरिएको नेकपाले आजबाट आफ्नो नाम परिवर्तन गर्ने भएको छ । यसअघि ‘नेकपा अन्डरलाईन’ नाम राखेको उक्त पार्टीले निर्वाचन आयोगले आयोगमा दल दर्ता गर्न अस्वीकार गर्दै नाम परिवर्तन गर्न सुझाव दिएपछि नेकपा अनडरलाइनले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।‘पार्टी एकतापछि हामीले निर्वाचन आयोगसँग निरन्तर छलफल र बहस...
जेठ १७, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ। कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो। जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल रेकर्ड नष्ट गरिएको हो।...
जेठ १७, गुल्मी । जिल्ला कारागार गुल्मीका कैदीबन्दीले सिलाइकटाइ तालिम लिन थालेका छन्। जिल्ला कारागार गुल्मीको आयोजनामा कारागारमा रहेका पुरुष कैदी बन्दीका लागि एक महिने सिलाइ कटाइ तालिम सुरु भएको हो। १० पुरुष कैदीबन्दीलाई तालिम दिन सुरु गरेको जिल्ला कारागार गुल्मीका प्रमुख गोपालप्रसाद पाण्डेयले बताए। अहिले तालिमका लागि ५० हजार रकम भएकाले धेरैलाई समेट्न नसकिएको बताए। हाल...
जेठ १७, काठमाडौं । सूर्तिजन्य पदार्थको सेवन र हृदयरोगको सम्भावना भन्ने नाराका साथ आज विश्व धुम्रपान तथा सुर्ति रहित दिवस मनाइँदैछ । धुमपानका कारण हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ...