बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

280

जेठ १७,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिमा विभिन्न सरोकारवालालाई एक दिने बीमा अभिमुखिकरण कार्यक्रम यहिँ सोमबार सम्पन्न भएको छ । युरोपियन युनियन, DCA , ADRA, VSO, FSCN साझेदारी एवं चाँगुनारयाण नगरपालिकाको समन्वयमा संचालित प्रगति परियोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा निजि क्षेत्रका लागि बिमा सम्बन्धी अभिमुखिकरणमा नगरकोट नाल्दुम पर्यटन बिकास समिती, इट्टाभट्टा ब्यबसायी, सहकारी, बीमा कम्पनी, नगरपालिकाको ६ र ८ वार्ड जनप्रतिनिधि, होटेल व्यवसायीहरु त्था संञ्चारकर्मीको सहभागिता रहेको थियो । चाँगुनारायण नगरस्तरिय बिपद ब्यवस्थापन तथा जलबायु उत्थानशिल समिती अध्यक्ष एवं नगर उपप्रमुख बिणा बास्तोला ज्युको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रतिनिधिहरुले सहजिकरण गरेका थिए ।