Saturday, July 25, 2026
Home Blog Page 2
खोटाङ : अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा खोटाङमा दुईजनाको मृत्यु भएको छ। शनिबार परेको अविरल वर्षाका कारण आएको बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६ नेर्पास्थित कालीखोलाले बगाउँदा ४३ वर्षीय शान्ता राईको मृत्यु भएको छ। यस्तै, केपीलासगढी गाउँपालिका–४ गौरिगाँउस्थित गाईखुरे खहरे खोल्सीले बगाउँदा सोही ठाउँका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको छ। दुबै घटनामा प्रहरी टोली परिचालन गरिएको जिल्ला...
काठमाडौं : बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ। त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए।
काठमाडौँ : कानून, न्याय तथा मानव अधिकार समितिले अधिकार माग्दै आन्दोलनरत निहारिका राजपुत र बिनु यादवलाई गृहमन्त्रीसँग भेटाइदिन गृह मन्त्रालयलाई भनेको छ। समितिको आइतबारको बैठकमा सभापति समीक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेकी हुन्।‘बिनु यादव र निहारिका राजपुतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल...
काठमाडौँ : प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरुसँग अन्तरक्रिया गरेको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सांसदहरूसँग एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लगायत नेता सहभागी छन्। कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिएका छन्।
काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)को अभिलेख प्रणालीअनुसार करिब २ हजार कर्मचारी अनिवार्य अवकाशमा जादैं छन् । हाल तीनै तहमा कार्यरत कुल ९२ हजार ५२० कर्मचारीमध्ये ५८ वर्षको उमेर हद वा पदावधि पूरा गर्ने १ हजार ९८५ कर्मचारीले अनिवार्य अवकाश पाउने भएका हुन्। संघ, प्रदेश र स्थानीय तहमा कार्यरत १ हजार ९८५ कर्मचारी आगामी आर्थिक वर्ष २०८३/८४ मा अनिवार्य अवकाशमा...
काठमाडौं । विक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ। ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट सङ्क्रान्ति' पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ।यो दिन...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र...
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पूरा भएको छ । सूर्यबिनायक नगरपालिका वडा न. ८ सिपाडोलमा रहेको यो मन्दिरमा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि मेला लाग्ने समितिले जानकारी दिएको छ ।समितिद्दारा जारी प्रेस बिज्ञप्ती हेर्नुस्केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिश्रावणी मेला २०८३ पत्रकार सम्मेलनआज मिति २०८३ साल असार ३१ गते...
एजेन्सी । अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार तेस्रो रात पनि शक्तिशाली हवाई आक्रमण जारी राखेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको हर्मुज जलमार्गमा व्यावसायिक जहाजको सुरक्षा गर्ने र इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले यो आक्रमण गरिएको हो। इरानी सञ्चारमाध्यमका अनुसार किश, जाम, कस्म जस्ता टापुका साथै बुसेहर र बन्दर अब्बास क्षेत्रमा...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ ।२०८३ असार ३० गते (मङ्गलबार) दिउँसोः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका...